चैत्र १६, २०८२ सोमबार | १८:४७:२८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

एसियाली खेलकुदः उसुमा नेपालकाे चुनाैती समाप्त

काठमाडौं । चीनको झोङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत उसुमा नेपालको यात्रा समाप्त भएको छ ।

साओशन गुआली स्पोर्टस सेन्टरमा कविता थापाले बुधबार थाउलोको महिला जिआनशुमा आठौं स्थान हासिल गरेसँगै नेपालका सम्पूर्ण खेल सकिएको हो । ११ खेलाडी सम्मिलित यो स्पर्धामा कविताले ९.६३३ अंक जोडिन् ।

नानछ्वानमा पुरुषतर्फ मंगलबार नेपालका दीपक हमालले मंगलबार १३ औं स्थान हासिल गरेका थिए । दीपकले ९.६३३ स्कोर गरेका । यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो ।

यसैगरी गरी महिला नानाछ्वानमा नीमा घर्ती मगर पुछारमा रहित । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.१४० स्कोर गरिन् ।  महिला नानदाओमा भने नीमाले आठौं स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.५६६ स्कोर गरेकी थिइन् ।

 

यसैगरी  सोमबार महिला छाङछ्वानमा सुस्मिता तामाङ आठौं स्थानमा रहिन् । ११ खेलाडी सहभागी यो स्पार्धमा उनले ९.४१० स्कोर गरेकी थिइन् ।

यसैगरी थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा अन्तिममा रहे । १८ खेलाडी सहभागी यो स्पर्धामा उनले ९.०१३ अंक स्कोर गरेका थिए। अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ स्कोर गरेका थिए  ।

आइतबार विजय सिंजालीले पुरुष थाउलो छाङछ्वानमा सातौं स्थान हासिल गरेका थिए । सम्पन्न १४ खेलाडी सम्मिलित यो स्पर्धामा विजयले ९.७०३ स्कोर गरे । यसैगरी महिला ताइजियानमा सविता राई ८.७९६ स्कोरका साथ पुछारमा रहिन् ।

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपिडीको आधारमा पराजित हुँदा एलिना चौधरीको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित चुनारो किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वार्टरफाइनलमै सिमित बन्यो ।

७० केजीको क्वार्टरफाइनलमा पदम राई लाओसका फोनह साईबोनफेंगसँग २-० ले स्तब्ध बने  ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो