माघ १७, २०८२ शनिबार | ११:५६:२८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एसियाली खेलकुदः उसुमा नेपालकाे चुनाैती समाप्त

काठमाडौं । चीनको झोङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत उसुमा नेपालको यात्रा समाप्त भएको छ ।

साओशन गुआली स्पोर्टस सेन्टरमा कविता थापाले बुधबार थाउलोको महिला जिआनशुमा आठौं स्थान हासिल गरेसँगै नेपालका सम्पूर्ण खेल सकिएको हो । ११ खेलाडी सम्मिलित यो स्पर्धामा कविताले ९.६३३ अंक जोडिन् ।

नानछ्वानमा पुरुषतर्फ मंगलबार नेपालका दीपक हमालले मंगलबार १३ औं स्थान हासिल गरेका थिए । दीपकले ९.६३३ स्कोर गरेका । यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो ।

यसैगरी गरी महिला नानाछ्वानमा नीमा घर्ती मगर पुछारमा रहित । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.१४० स्कोर गरिन् ।  महिला नानदाओमा भने नीमाले आठौं स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा नीमाले ९.५६६ स्कोर गरेकी थिइन् ।

 

यसैगरी  सोमबार महिला छाङछ्वानमा सुस्मिता तामाङ आठौं स्थानमा रहिन् । ११ खेलाडी सहभागी यो स्पार्धमा उनले ९.४१० स्कोर गरेकी थिइन् ।

यसैगरी थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा अन्तिममा रहे । १८ खेलाडी सहभागी यो स्पर्धामा उनले ९.०१३ अंक स्कोर गरेका थिए। अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ स्कोर गरेका थिए  ।

आइतबार विजय सिंजालीले पुरुष थाउलो छाङछ्वानमा सातौं स्थान हासिल गरेका थिए । सम्पन्न १४ खेलाडी सम्मिलित यो स्पर्धामा विजयले ९.७०३ स्कोर गरे । यसैगरी महिला ताइजियानमा सविता राई ८.७९६ स्कोरका साथ पुछारमा रहिन् ।

महिला ५२ केजीमा इरानकी सामिरौमी मन्सोरियनसँग डब्ल्युपिडीको आधारमा पराजित हुँदा एलिना चौधरीको यात्रा क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

पुरुष ५६ केजीमा रोहित चुनारो किर्गिस्तानका अभाजबेक अम्यानबेकोभसँग २-० ले पराजित भए । ६० केजीमा कीर्तिस्तानका अस्काट ओमरजाकोभसँग डब्ल्युपिडीको आधारमा स्तब्ध बन्दा मंगलप्रसाद थारुको यात्रा पनि क्वार्टरफाइनलमै सिमित बन्यो ।

७० केजीको क्वार्टरफाइनलमा पदम राई लाओसका फोनह साईबोनफेंगसँग २-० ले स्तब्ध बने  ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।