चैत्र ८, २०८२ आइतबार | ०३:१९:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसियाली खेलकुदः जुडोमा नेपालकाे यात्रा समाप्त

फाइल फोटो

काडमाडौं । बुधारबार मिक्स  टिम  स्पर्धाका दुवै खेलमा पराजित भएपछि होङझाउमा जारी  १९ औं एसियाली खेलकुदको जुडोमा नेपालको यात्रा सकिएको छ ।

साओशन लिन्पु जिम्नाजियमा भएको क्वार्टफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको थियो । जंगबहादुर सारु गोकी ताजिमा, अकृति जोशी रुरी ताकाहासी, रन्जेश गोले हयोगा ओटा तथा मनिता श्रेष्ठ मोमो तामाओकीसँग इप्पोनको आधारमा पराजित भए ।

यसैगरी रिपेचेज स्पर्धामा पनि नेपालले काजकिस्तानसँगको खेल ४-० ले नै गुमायो । आकृति कामिला बर्लिकश, रन्जेश ग्यालिम्झान क्रिकबे, मनिता सेवारा निशानबायेभा र इन्द्रबाहदुर श्रेष्ठ दानियर शमशयेभसँग इप्पोन आधारमा स्तब्ध बने ।

जुडोमा नेपालबाट समान ४ महिला र पुरुष गरि ८ खेलाडी सहभागी थिए । तर कसैले पनि क्वार्टरफाइनलको यात्रा तय गर्न सकेनन्। नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमै सिमिति बने । नेपालका आठै खेलाडी इप्पोनका आधारमा पराजित भए ।

विकाश अन्तिम १६ मा तुर्किमेनिस्तानका अ‍ैबेक ओमिरोभसँग पराजित भएका थिए । पहिलो चरणमा विकाशले कम्बोडियाका भोल्डम्यार गुचकोभलाई हराएका थिए ।

पुरुष १ सय केजीमाथि रन्जेश गोले काजकिस्तानका क्रिकबे गालिमजान निरास बने ।महिला ७८ केजीमाथिमा उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग स्तब्ध बन्दा आकृति जोशीको यात्रा अगाडि बढ्न सकेनन् ।

महिला ५२ केजी तौल समूहमा देविकामाया श्रेष्ठलाई मंगोलियाकी सोसोर्बरम लखगवासुरेनले निराश बनाइन् ।

इन्द्रबहादुर श्रेष्ठ पुरुष ६६ केजी तौल समूहमा हङकङका मार्टिन लुसँग स्तब्ध बने । पुरुष ८१ केजीमुनिमा फिलिपिन्सका भिरोन जोन फेरेरसँगको हारले जंगबहादुर सारुको यात्रा पनि अगाडि बढ्न सकेनन् ।

महिला ५७ केजीमुनिमा मनीता श्रेष्ठ तुर्किमेनिस्तानकी मायसा पार्दायेभा तथा ७५ केजीमुनिमा पुनम मंगोलियाकी इड्रेना नयम बात्सुरीसँग पराजित भए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो