माघ ८, २०८२ बिहीबार | ०८:५३:३६
अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम

एसियाली खेलकुदमा १० खेल खेल्दै नेपाल

फाइल तस्बिर

काठमाडौं ।  चिनको हाङझाउनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सोमबार नोपलले विभिन्न १० खेल खेल्दैछ ।

बिहानै केही खेल सुरु भइसकेका छन् भने केही खेल हुने क्रममा छन् । तेस्रो दिन नेपालले टिम गेमतर्फ महिला फुटबलमा जापान, बास्केटबल थ्री बाई थ्री मा पनि जापानको सामना गर्दैछ । यसैगरी आज नै रग्बी सेभेन्समा प्रतिस्पर्धा गर्नै तालिका छ ।

यसैगरी ब्यक्तिगत इभेन्ट्समा नेपाली खेलाडीले फेन्सिङ, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ र टेनिसतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

फेन्सिङमा नेपालका प्रयास योञ्जन र राजेन्द्र गजुरेलले साब्रे एकलतर्फ प्रतिस्पर्धा गर्दैछन् । पोल ‘वान’मा प्रयास र पोल ‘थ्री’ मा राजेन्द्रले समान ६ खेलाडीसँग भिड्ने तालिका छ । महिलातर्फ फोइल पोल ‘वान’मा मन्दिरा थापा र पोल ‘डी’ मा गोमा आचार्यले  समान ६ खेल खेल्ने तालिका छ ।

यसैगरी लियान स्पोर्टस कल्चर याक्जिवेसन सेन्टरमा बक्सिङतर्फ नेपाली खेलाडीले चुनौती पछ्याउँदै छन् ।  तेक्वान्दाेतर्पफ  पुरुष ५८ केजीको राउन्ड-३२ मा राहुल कुमालले काजकिस्तानका हम्दी रियादसँग प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीको राउन्ड-३२ मा अञ्जली तामाङले कम्बोडियाकी केरी लिडेनसँग खेल्ने तालिका छ । जुडाेकाे महिलातर्फ सुस्मिता तामाले छाङक्वान र पुरुषतर्फ पासाङ शेर्पाले ताइजिक्वानतर्फ फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

टेनिसको राउन्ड १६ मा नेपालका प्रदीप श्रेष्ठले तुर्केमिनस्तानका पार्डीसँग खेल्ने तालिका छ ।

पौडीको पुरुषतर्फ एलेक्जान्डर शाहले ५० मिटर फ्रिस्टाइल हिट-४ मा प्रतिस्पर्धा गरिसकेका छन् । न्युज तयार पार्दासम्म उनी आठौं स्थानमा रहे । यस हिटमा जापानका नाकामुरा कातसुमी शीर्ष स्थान हासिल गरेका  छन् ।  महिलातर्फ डुवाना लामाले २०० मिटर फ्रिस्टाइल हिट-२ मा प्रतिस्पर्धा  गर्ने तालिका छन् ।

जुडोमा -८१ केजीतर्फको राउन्ड-३२ मा नेपालका सरुजंग बहादुरले फिलिपिन्सका फेरेरसँग खेल्दा महिला –७० केजीको राउन्ड-३२ मा पुनम श्रेष्ठले मंगोलियाकी बात्सुरीको सामना गर्नेछिन् ।

बक्सिङतर्फ नेपालका रविन थापाले राउन्ड-३२ मा इन्डोनेसियन खेलाडी कोइबानसँग खेल्नेछन् । बिनिता थापा मगरले प्रारम्भिक छनोटमा चाइनिज ताइपेकी चेन निइन चिनसँग खेल्ने तालिका छ । दिपेश लामाले राउन्ड-३२ मा भारतका निशान्त देवसँग खेल्नेछन् ।

रग्बीतर्फ नेपालको पुरुष टोलीले फिलिपिन्स र थाइल्यान्डसँग खेल्ने तालिका छ । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate