मंसिर १९, २०८२ शुक्रबार | ०९:२४:०७
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुने

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज (आइतबार) सुनुवाइ हुने भएको छ।

पछिल्लो पटक असोज १ गते सुनुवाइ हुने भनिए पनि न्यायाधीश अभावका कारण स्थगित भएको थियो।

सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भने पनि काठमाडौं अदालतले मुद्दालाई टुङ्गो लगाउन सकेको छैन।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीपविरूद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए। पुस १८ गते  विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्च अदालले सन्दीपलाई २० ला धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

उच्च अदालतको उक्त आदेशविरुद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप सर्वोच्च अदालत पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश उल्ट्याएर अर्को आदेश दियो।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।

 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS