चैत्र १८, २०८२ बुधबार | १०:१६:११
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

क्लब इन्टरनेसनल र एनएसआरका तीन टिम सेमिफाइनलमा

काठमाडौँ । विदशी खेलाडी सम्मिलित क्लब इन्टरनेसनल र आयोजक एनएसआरएको तीनै टिम एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा क्लब इन्टरनेसनल विजेता र एनएसआरए ‘बी’ उपविजेता बने ।

समूह ‘बी’मा एनएसआरए ‘ए’ विजेता र ‘सी’ उपविजेता भए । सेमिफाइनल र फाइनल खेल शनिबार हुनेछन् ।

शुक्रबार क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी ‘सी’ विरुद्ध तीनै खेलमा जित निकाल्यो । इटालीका रेन्जो एन्डोर्नोले शंकर गुरुङ र अस्ट्रेलियाली इशाक बेल हर्वटले शेरजङग थापालाई सोझो सेटमा ३-० ले हराए । धिर पुनले भने केशर मगरमाथि ३-२ को रोमाञ्चक जित निकाले ।

सोही समूहमा एनएसआरए ‘बी’ले पनि ब्रिटिस आर्मी ‘ए’ लाई ३-० ले पराजित गर्यो। राजेन्द्र शाक्यले श्याम तामाङ, प्रवीणवीर सिंह कंसाकारल सुनील राना र प्रज्वल प्रधानले सविन गुरुङलाई ३-० सोझो सेटमा निरास बनाए ।

समूह ‘बी’ मा एनएसआरए ‘ए’ले  ब्रिटिस आर्मी ‘बी’विरुद्धको ३-० कै जित निकाल्यो । उमित शाकयले जिम डोइग, दिपक थापाले ज्याकब क्लार्क र दिय वज्राचार्यले दिलिप राईलाई ३-० को सोझो सेटमा पराजित गरे ।

एनएसआरसी टिम ‘सी’ले  विदेशी टोली थिटम ट्रेलिङ स्पाउजलाई तीनै खेलमा स्तब्ध बनायो। विकास मगरले माइक रान्डल, पासाङ लामाले ल्युक सयर र राकेश परियारले डेभिड थोसम्सनलाई समान ३-० सेटमा हराएका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो