माघ १५, २०८२ बिहीबार | १७:४९:४८
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

क्लब इन्टरनेसनल र एनएसआरका तीन टिम सेमिफाइनलमा

काठमाडौँ । विदशी खेलाडी सम्मिलित क्लब इन्टरनेसनल र आयोजक एनएसआरएको तीनै टिम एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल स्क्वास र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा क्लब इन्टरनेसनल विजेता र एनएसआरए ‘बी’ उपविजेता बने ।

समूह ‘बी’मा एनएसआरए ‘ए’ विजेता र ‘सी’ उपविजेता भए । सेमिफाइनल र फाइनल खेल शनिबार हुनेछन् ।

शुक्रबार क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी ‘सी’ विरुद्ध तीनै खेलमा जित निकाल्यो । इटालीका रेन्जो एन्डोर्नोले शंकर गुरुङ र अस्ट्रेलियाली इशाक बेल हर्वटले शेरजङग थापालाई सोझो सेटमा ३-० ले हराए । धिर पुनले भने केशर मगरमाथि ३-२ को रोमाञ्चक जित निकाले ।

सोही समूहमा एनएसआरए ‘बी’ले पनि ब्रिटिस आर्मी ‘ए’ लाई ३-० ले पराजित गर्यो। राजेन्द्र शाक्यले श्याम तामाङ, प्रवीणवीर सिंह कंसाकारल सुनील राना र प्रज्वल प्रधानले सविन गुरुङलाई ३-० सोझो सेटमा निरास बनाए ।

समूह ‘बी’ मा एनएसआरए ‘ए’ले  ब्रिटिस आर्मी ‘बी’विरुद्धको ३-० कै जित निकाल्यो । उमित शाकयले जिम डोइग, दिपक थापाले ज्याकब क्लार्क र दिय वज्राचार्यले दिलिप राईलाई ३-० को सोझो सेटमा पराजित गरे ।

एनएसआरसी टिम ‘सी’ले  विदेशी टोली थिटम ट्रेलिङ स्पाउजलाई तीनै खेलमा स्तब्ध बनायो। विकास मगरले माइक रान्डल, पासाङ लामाले ल्युक सयर र राकेश परियारले डेभिड थोसम्सनलाई समान ३-० सेटमा हराएका हुन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।