चैत्र ९, २०८२ सोमबार | १३:४०:१३
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एसियाली खेलकुदमा उत्तर कोरियाले सहभागिता जनाउने

North Korea

काठमाडौं । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउ सहरमा हुने १९ औं एसियली खेलकुदमा उत्तर कोरियाले सहभागिता जनाउने भएको छ ।

शनिबार खेलाडीहरु चीन प्रस्थान गरेसँगै उत्तर कोरियाले एसियाली खेलकुदमा सहभागिता जनाउने पक्का भएको हो । चीन प्रस्थान गरेसँगै उत्तर कोरियाको तीन वर्षे अन्तर्राष्ट्रिय खेलकुद आइसोलेसनको अन्त्य भएको छ ।

उत्तर कोरियाले २०२० मा कोभिड माहामारीका कारण खेलाडीहरुलाई विश्व खेलकुदका प्रतियोगिताहरुमा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । यसबीच खेलाडीहरुले २०२१ मा भएको टोक्यो ओलम्पिक समेत गुमाएको थियो ।

टोक्यो ओलम्पिकमा सहभागी नजनाएका कारण उत्तर कोरियालाई २०२२ बेजिइङ ओलम्पिकमा प्रतिबन्ध गरेको थियो । तर, शनिबार कोरियन सेन्ट्रल न्युज एजेन्सीको जानकारी अनुसार उत्तर कोरियाले आफ्ना खेलाडीलाई चीन पठाएको र हाङझाउमा १९१ खेलाडीले  सहभागिता जनाउनेछन् ।

उत्तर कोरिया, प्रतियोगिताको आधिकारिक वेबसाइटमा पनि समावेश छ । एथलेटिक्स, जिमनास्टिक, बास्केटबल, फुटबल, बक्सिङ र भारोत्तोलन जस्ता खेलहरुमा उत्तर कोरियालाई समावेश गरिएको छ ।

उत्तर कोरिया परम्परागत रुपमा भारोत्तोलनमा बलियो देश हो । २०१८ मा जकार्तामा भएको एसियाली खेलकुदमा उत्तर कोरियाले सर्वाधिक आठ स्वर्ण जितेको थियो । पाँच वर्षअघि महिलातर्फ स्वर्ण जितेका री सोङ गुम र रिम युन सीम यसपाली पनि भारोत्तलनमा देशको प्रतिनिधित्व गर्दैछन् ।

यसपालीको एसियाली खेलकुदमा ४५ देशका लगभग १२ सय ५०० खेलाडीले सहभागिता जनाउँदैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो