मंसिर १८, २०८२ बिहीबार | ०८:४१:४२
आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा आर्सनलको सहज जित बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

एएफसी एसियन कप छनोटका लागि फुटसल टोली घोषणा

काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

दुई साता अगाडि अखिल नेपाल फुटबल संघ(एन्फा)ले चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा चार दिनको खुल्ला छनोट प्रतियोगिता गरेको थियो । जसमा देशभारीबाट करिब २ सय खेलाडीले सहभागिता जनाएका थिए ।

प्रशिक्षक बस्नेतको नेतृत्वमा रहेको छनोट टोलीले २०० खेलाडीबाट २५ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट गरेको थियो । छनोट टोलीमा प्रशिक्षक बस्नेतसँगै सहायक प्रशिक्षक थमन भुषाल र फुटसल विभाग प्रमुख विनोद गुरुङ थिए ।

भदौ १७ गते २५ बाट पाँच खेलाडी बाहिरिएका थिए । एक सातापछि १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

१४ सदस्यीय अन्तिम टोली

गोलकिपरः  सागर गुरुङ, आशिष दंगाल

फिक्सोः  विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान

आलाः  रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, 
दिपेश घले, उज्वोल शाही

पिभोटः  मणिकुमार लामा, सुजित बुढाथोकी

 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2