चैत्र १८, २०८२ बुधबार | ०९:३८:१९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

राष्ट्रिय फुटसल टोली निर्माणका लागि खुल्ला छनोट सुरु, उपस्थिति निराशजनक

काठमाडौं । राष्ट्रिय फुटसल टोली निर्माणका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबारबाट खुल्ला छनोट प्रतियोगिता सुरु गरेको छ ।

मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीका लागि एन्फाले छनोट प्रतियोगिता गरेको हो ।  प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

छनोट प्रतियोगिता चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा भइरहेको छ। प्रतियोगिताको पहिलो दिन देशभरीबाट करिब २ सय जना खेलाडीले सहभागिता जनाए । जसमध्ये एन्फाले ७४ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेको छ ।

‘सोचेको भन्दा कम खेलाडीको उपस्थिति पायौँ । ५ सयको हाराहारीमा खेलाडी आउने हाम्रो अनुमान थियो। तर त्यतीको संख्यमा उपस्थित भएनन्,’ राष्ट्रिय टोलीका सहायक प्रशिक्षक थमन भुषालले भने,‘पाँच दिनको छनोटपछि ३२ जनाको प्रारम्भिक टोली घोषणा गर्नेछौं ।’

जिल्ला र प्रदेश स्तरीय छनोट नगरिकन नै एन्फाले काठमाडौंमा खुल्ला छनोट प्रतियोगिता आयोजना गरेको हो । जसका कारण एन्फाको आलोचना हुँदै आएको छ । यसबारे भुषाल भन्छन्, ‘स्थानिय र प्रादेशिक छनोट कार्यक्रम गर्ने सोच नबनाएका होइनौँ । तर, सबै जिल्लामा फुटसल पूर्वाधार नभएका कारण यो सम्भव नभएको हो । भोलिका दिनमा पूर्वाधार विकास भए एन्फाले अवश्य पनि यसबारे सोच्नेछ ।’

प्रारम्भिक ३२ सदस्यीय टोलीपछि एन्फाले १४ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछ, जसले मंगोलियामा नेपालको प्रतिनिधित्व गर्नेछ । टोलीको जिम्मेवारी प्रशिक्षक गौरव बस्नेतले सम्हाल्नेछन् ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

पहिलो दिनको छनोटबाट दोस्रो चरणमा छानिएका खेलाडी


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो