माघ १५, २०८२ बिहीबार | १८:१०:५५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

राष्ट्रिय फुटसल टोली निर्माणका लागि खुल्ला छनोट सुरु, उपस्थिति निराशजनक

काठमाडौं । राष्ट्रिय फुटसल टोली निर्माणका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले आइतबारबाट खुल्ला छनोट प्रतियोगिता सुरु गरेको छ ।

मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोलीका लागि एन्फाले छनोट प्रतियोगिता गरेको हो ।  प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

छनोट प्रतियोगिता चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा भइरहेको छ। प्रतियोगिताको पहिलो दिन देशभरीबाट करिब २ सय जना खेलाडीले सहभागिता जनाए । जसमध्ये एन्फाले ७४ खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरेको छ ।

‘सोचेको भन्दा कम खेलाडीको उपस्थिति पायौँ । ५ सयको हाराहारीमा खेलाडी आउने हाम्रो अनुमान थियो। तर त्यतीको संख्यमा उपस्थित भएनन्,’ राष्ट्रिय टोलीका सहायक प्रशिक्षक थमन भुषालले भने,‘पाँच दिनको छनोटपछि ३२ जनाको प्रारम्भिक टोली घोषणा गर्नेछौं ।’

जिल्ला र प्रदेश स्तरीय छनोट नगरिकन नै एन्फाले काठमाडौंमा खुल्ला छनोट प्रतियोगिता आयोजना गरेको हो । जसका कारण एन्फाको आलोचना हुँदै आएको छ । यसबारे भुषाल भन्छन्, ‘स्थानिय र प्रादेशिक छनोट कार्यक्रम गर्ने सोच नबनाएका होइनौँ । तर, सबै जिल्लामा फुटसल पूर्वाधार नभएका कारण यो सम्भव नभएको हो । भोलिका दिनमा पूर्वाधार विकास भए एन्फाले अवश्य पनि यसबारे सोच्नेछ ।’

प्रारम्भिक ३२ सदस्यीय टोलीपछि एन्फाले १४ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछ, जसले मंगोलियामा नेपालको प्रतिनिधित्व गर्नेछ । टोलीको जिम्मेवारी प्रशिक्षक गौरव बस्नेतले सम्हाल्नेछन् ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

पहिलो दिनको छनोटबाट दोस्रो चरणमा छानिएका खेलाडी


 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।