माघ १८, २०८२ आइतबार | १०:४७:३३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

ड्रागन उसु क्वानका रोजिसलाई स्वर्ण

काठमाडौं । ड्रागन उसु क्वानका रोजिस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् ।

निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही लामा तेश्रो भए ।

कालभैरब उसु क्वानले  आयोजना गरेको प्रतियोगिताको पुरुष छुची नान छ्वानमा बुद्ध प्रकाश उसु क्वानका समिर बस्नेतले स्वर्ण, ड्रागनका पासाङ तामाङले रजत र निन्जाका रेमन ठाडा मगरले कांस्य जिते । उक्त स्पर्धाको महिलामा ड्रागनकी पूजा तामाङ पहिलो, ड्रागनकै रश्मी तामाङ दोश्रो र बुद्ध प्रकाशकी बबिता मगरले तेस्रो स्थान हासिल गरे । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष थाइची छ्वानमा निन्जाका लब्सन आले मगर पहिलो, बुद्ध प्रकाशका युनिप घिमिरे दोश्रो र बुद्ध प्रकाशकै प्रिन्स लामा तेश्रो  भए । सोही स्पर्धाको महिलामा काठमाडौंकी ऐश्वर्य भट्ट, पशुपति कैलाश उसु क्वानका निशुम केरुङ र बुद्ध प्रकाशका फुर्वी थिङ क्रमशः शीर्ष तीनमा रहे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सान्सौंमा १८ र थाउलुमा १७ गरी कुल ३५ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक क्वानका अध्यक्ष निकेश श्रेष्ठले जनाएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।