चैत्र ८, २०८२ आइतबार | १४:३१:१५
इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २)

ड्रागन उसु क्वानका रोजिसलाई स्वर्ण

काठमाडौं । ड्रागन उसु क्वानका रोजिस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् ।

निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही लामा तेश्रो भए ।

कालभैरब उसु क्वानले  आयोजना गरेको प्रतियोगिताको पुरुष छुची नान छ्वानमा बुद्ध प्रकाश उसु क्वानका समिर बस्नेतले स्वर्ण, ड्रागनका पासाङ तामाङले रजत र निन्जाका रेमन ठाडा मगरले कांस्य जिते । उक्त स्पर्धाको महिलामा ड्रागनकी पूजा तामाङ पहिलो, ड्रागनकै रश्मी तामाङ दोश्रो र बुद्ध प्रकाशकी बबिता मगरले तेस्रो स्थान हासिल गरे । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष थाइची छ्वानमा निन्जाका लब्सन आले मगर पहिलो, बुद्ध प्रकाशका युनिप घिमिरे दोश्रो र बुद्ध प्रकाशकै प्रिन्स लामा तेश्रो  भए । सोही स्पर्धाको महिलामा काठमाडौंकी ऐश्वर्य भट्ट, पशुपति कैलाश उसु क्वानका निशुम केरुङ र बुद्ध प्रकाशका फुर्वी थिङ क्रमशः शीर्ष तीनमा रहे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सान्सौंमा १८ र थाउलुमा १७ गरी कुल ३५ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक क्वानका अध्यक्ष निकेश श्रेष्ठले जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो