चैत्र १८, २०८२ बुधबार | ११:२३:४७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

राष्ट्रिय खेलकुदको समापनका लागि पोखराका स्कुल विदा

पोखरा । स्थानीयले अपनत्व नलिएको भन्दै पोखरेली संघ संस्था तथा प्रशासनको व्यापक आलोचना भएको राष्ट्रिय खेलकुदको आज बिहीबार हुने समापन समारोहका लागि पोखरा महानगरपालिकाले सबै शैक्षिक संस्थामा बिदा दिएको छ ।

स्थानीयले अपनत्व नलिएकै कारण असोज २८ गते भएको उद्घाटन समारोहमा क्षमताको आधा भन्दा कम दर्शक मात्र पोखरा रंगशालामा उपस्थित भएका थिए । नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सव पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न स्थानमा जारी छ । तर पोखरामा खेलकुदको चहलपहल तुलनात्मक रुपमा छैन ।

स्थानीयले ‘आफूहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को नेतृत्वले समावेश गर्नै नचाहेको’ आरोप लगाएका छन् । राखेपले भने ‘स्थानीय निकाय तथा प्रदेश खेलकुद परिषद’ले आफ्नो जिम्मेवारी वहन नगरेको भन्दै नवौं वृहत राष्ट्रिय खेलकुदका कमजोरी ढाक्ने प्रयास गरिरहेको छ ।

स्थानीयको बढि भन्दा बढि सहभागिता होस भनेर महानगरपालिकाले बिहीबारका लागि नगरभित्रका सबै विद्यालयहरु बन्द गर्ने तथा कर्मचारीहरुलाई पनि अपरान्ह एक बजेपछि बिदा दिने निर्णय गरेको हो । यसका साथै समापन समारोहमा अत्यन्तै न्यून दर्शक उपस्थितीले उद्घाटनको जस्तै लाजमर्दो अवस्था नआओस भनेर व्यापक पास वितरण गरिएको राखेप कर्मचारीहरुले बताएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो