माघ १७, २०८२ शनिबार | २३:३३:४१
विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार

खोखोमा लुम्बिनी हाबी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो ।

पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो ।

चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।

आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशिलमान व्यञ्जनकारले जानकारी दिए ।

आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो ।

त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले फराकिलो अंकसहित सिंगल जित दर्ता गर्यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो ।

लुम्बिनी प्रदेशकी खेलाडी घाइते

खेलका क्रममा लुम्बिनी प्रदेशकी एक खेलाडी घाइते भएकी छन् । कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए । ‘विकको लडेर हातमा चोट लागेको छ । गम्भीर चोट लागेको आशंकाले प्राथमिक उपचारपछि एक्सरेका लागि अस्पताल पठाएका छौं,’ व्यञ्जनकारले भने, ‘अरु जानकारी आउन बाँकी छ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।