माघ १९, २०८२ सोमबार | ०३:२८:२२
नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई

स्क्वासको पहिलो दिन: पुरुषको प्रिक्वार्टर सकियो, महिलातर्फ लिग चरण जारी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुष तर्फ प्रिक्वार्टर फाइनल खेलहरु सम्पन्न भएका छन् ।

गण्डकीका अमृत थापामगर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३-० को सोझो सेटमा र गण्डकीकै नवराज थापाले प्रदेश नम्बर एकका वीरबहादुर नेपाललाई ३-० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे ।

बागमतीका अह्रान्त सिम्हाले एपिएफका पासाङ ब्लोनलाई ३-० को सोझो सेटमा पराजित गरे । एपिएफका दिव्य बज्रचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३-० को सेटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । बागमतीका राजेन्द्र शाक्य (दाई) ले एपिएफका रिद्दी शाक्य (भाई) लाई ३-० को सोझो सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान बनाए ।

यसैगरि गण्डकीका दिपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३-० को सोझो सेटमा पराजित गरे । अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३-० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे । यसैगरि बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथी वाकओभर पाएर अन्तिम आठमा प्रवेश पाए ।

महिला तर्फ भएको लिगचरणमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३-० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापामगरले बागमतीकी भावना सुनुवारलाई ३-० को सोझो सेटमा हराइन् ।

महिलातर्फको भएको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३-० को सोझो सेटमा हराइन् ।

पोखरामा जारी प्रतियोगितामा दुई विभागीय टोली र पाँच वटा प्रदेशबाट कुल २५ जना पुरुष र सात  जना महिला खेलाडीहरुले सहभागिता जनाएका छन् ।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।