चैत्र ७, २०८२ शनिबार | ०८:३७:२८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

स्क्वासको पहिलो दिन: पुरुषको प्रिक्वार्टर सकियो, महिलातर्फ लिग चरण जारी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा पुरुष तर्फ प्रिक्वार्टर फाइनल खेलहरु सम्पन्न भएका छन् ।

गण्डकीका अमृत थापामगर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भएको खेलमा प्रदेश नम्बर १ का योगेन्द्र लिम्बुलाई ३-० को सोझो सेटमा र गण्डकीकै नवराज थापाले प्रदेश नम्बर एकका वीरबहादुर नेपाललाई ३-० को सेटमा पाखा लगाउँदै अन्तिम ८ मा स्थान बनाउन सफल रहे ।

बागमतीका अह्रान्त सिम्हाले एपिएफका पासाङ ब्लोनलाई ३-० को सोझो सेटमा पराजित गरे । एपिएफका दिव्य बज्रचार्यले लुम्बिनीका ज्ञानु चोधरीलाई ३-० को सेटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । बागमतीका राजेन्द्र शाक्य (दाई) ले एपिएफका रिद्दी शाक्य (भाई) लाई ३-० को सोझो सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान बनाए ।

यसैगरि गण्डकीका दिपक थापाले आर्मीका रत्नकाजी शाक्यलाई ३-० को सोझो सेटमा पराजित गरे । अर्काे खेलमा बागमतीका ओमित शाक्यले आर्मीका विकास मगरलाई ३-० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा प्रवेश गरे । यसैगरि बागमतीका अमिर ब्लोन मधेस प्रदेशका सुगम तुलासानमाथी वाकओभर पाएर अन्तिम आठमा प्रवेश पाए ।

महिला तर्फ भएको लिगचरणमा बागमतीकी विपना ब्लोनले सोही प्रदेशकै स्वस्तानी श्रेष्ठलाई ३-० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा आठौं संस्करणको महिला च्याम्पियन गण्डकीकी कृष्णा थापामगरले बागमतीकी भावना सुनुवारलाई ३-० को सोझो सेटमा हराइन् ।

महिलातर्फको भएको अन्तिम खेलमा त्रिभुवन क्लब आर्मीकी अस्मिता नगरकोटीले गण्डकीकी करिश्मा ओलीलाई ३-० को सोझो सेटमा हराइन् ।

पोखरामा जारी प्रतियोगितामा दुई विभागीय टोली र पाँच वटा प्रदेशबाट कुल २५ जना पुरुष र सात  जना महिला खेलाडीहरुले सहभागिता जनाएका छन् ।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिंह भण्डारीका अनुसार महिलातर्फ बागमती प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको सहभागिता छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, ससत्र प्रहरी बल एपिएफ, प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो