पुस २२, २०८२ बुधबार | ०२:५२:००
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा स्पोर्टस समिटमा विश्वकप ट्रफी अञ्जिलाको सेथुको कमब्याक जित विधान संशोधन गरेर मात्रै निर्वाचन गर्न राखेपको एन्फालाई निर्देशन मेयर कप ब्याडमिन्टन सुरु इजिप्ट र नाइजेरिया अन्तिम आठमा विश्वकप ट्रफी नेपाल आउनु गौरवपूर्ण क्षणः राष्ट्रपति पौडेल युनाइटेडका मुख्य प्रशिक्षक आमोरिम बर्खास्त केल्मी भक्तपुरले तेस्रो स्थापना दिवस मनायो लमजुङमा फुटबल यात्रीको क्याम्प

नवौं राष्ट्रिय खेलकुदको उद्घाटनः निरश र पट्यारलाग्दो

पोखरा । उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार कास्कीको पोखरा रंगशालामा उदघाटन गरेसँगै नवौं वृहत राष्ट्रिय खेलुकद महोत्सव औपचारिक रुपमा सुरु भएको छ ।

३६ खेलमा कुल ६ हजार एक सय दुई खेलाडीले ३६ खेलमा तीन सय ९३ स्वर्ण, समान रजत र ६ सय कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो खेल महोत्सव उपराष्ट्रपति पुनले शुक्रबार साँझ एक समारोहका बीच उदघाट्न गरे ।

भव्य बनाउने असफल प्रयास गरिएको उदघाटन समारोहमा उपराष्ट्रपति पुनले १५मिनेटभन्दा लामो भाषण गरेर निरश समारोहलाई थप पट्यारलाग्दो बनाए ।

उपराष्ट्रपति पुनको भाषणमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय खेलकुदको इतिहास, नेपाली खेलकुदको वर्तमान अवस्था, खेलकुदको दर्शन, सरकार तथा राष्ट्रिय खेलकुद परिषदले खेलकुद विकासका लागि गरेका प्रयासलगायतका विषयमा सतही तथा तथ्यहिन पुलिन्दा समावेश थिए ।


नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटीका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको झण्डोत्तोलन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलुकदले गाउँ र विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म भाइचारा विकास गर्ने बताए । खेलकुद रोजगारी र अर्थतन्त्रको बलियो माध्यम बन्न सक्ने बताउँदै उनले सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको दाबी गरे ।

मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका खेलहरु प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गर्दै आठौं भएको दुई वर्षभित्रै गर्ने योजना रहे पनि कोभिड १९ महामारीका कारण ढिलो भएको बताए ।

धेरै हदसम्म सरकारको खेलकुद नीति तथा कार्यक्रम वाचनजस्तै रहेको भाषणमा मन्त्री गहतराजले खेलकुद विकासका लागि सबै तीन तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने विचार राखे ।

यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पोखराले दोस्रो पटक आयोजना गर्न लागेको नवौं राष्ट्रिय खेलुकद नेपाली खेलकुदको समग्र विकसका लागि ठूलो अवसर हुने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय टिममा सहभागी भएर अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यँटन र राष्ट्रिय गौरव प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप सरकार अघि बढिरहेको बताए । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ४० वर्षपछि गण्डकीलाई नेपाली खेलुकदको सबभन्दा ठूलो मेला आयोजनाको अवसर दिएकोमा राष्ट्रिय खेलकुद परिषदलाई धन्यवाद दिए । उनले नवौं राष्ट्रिय खेलकुद सफल पार्न आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा रंगशालाको क्षमताभन्दा आधा पनि दर्शक उपस्थित नरहेको उद्घाटन समारोहको समग्र कोरियोग्राफी अत्यन्तै निरश तथा निरिह रहयो । एउटा र अर्को प्रस्तुतीको बीचमा पट्यारलाग्दो लामो ग्याप थियो भने लामालामा पट्यारलाग्दा भाषणले रंगशाला पुगेका दर्शक पनि बीचमै उठेर बाहिरिइरहेका थिए ।

मार्चपासका लागि खेलाडी तयार देखिँदैनथे । मार्चपासमा जिन्स पाइन्ट लगाएर शानका साथ मानिसहरु हिडिरहेका थिए । कोहीकोही त हेल्मेट हातमा झुण्ड्याएर पनि मार्चपासमा सहभागी भएका थिए । शिव परियार, आनन्दा कार्की, रामभक्त जजुजु, कुन्ती मोक्तान, रचना रिमाल, वालिका प्रधान र प्रविण बेडवालले गाएको गित अत्यन्तै खराव साउन्ड सिस्टमका कारण कसैले सुन्न सकेन । त्यसैगरि विभिन्न स्कुलका १२ सय विद्यार्थी तथा सुरक्षा निकायका झण्डै हजार कलाकारले गरेका विभिन्न नृत्य तथा अन्य प्रस्तुती कमजोर प्रकाशका कारण दर्शकले देख्न पाएनन् ।

सातै प्रदेशको संस्कृति झल्काउने खालका विभिन्न जनजातिका झाँकी प्रदर्शन गरिएको फितलो उदघाटन समारोहमा खेलाडीका तर्फबाट प्याराग्लाइडिङ खेलाडी सुशील गुरुङले खेलाडी तथा भलिबलका रेफ्री टहलसिंह मगरले निर्णायकका तर्फबाट सपथ लिए । एथ्लेटिक्सका ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे ।

नवौं राष्ट्रिय खेलकुदमा खेल मेलाअन्तर्गत पुरुष क्रिकेट यसै महिनाको पूर्वार्धमा काठमाडौंमा सम्पन्न भइसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु पनि सुरु भइसकेका छन् ।

पोखराले दोस्रो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुदमा र्याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुन लागेको नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सवअन्तर्गत पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौंमा हुनेछ । यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुनेछन् । पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुनेछन् ।

यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुनेछन् ।

नवौं संस्करणका लागि आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, क्रिकेट, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, ह्यान्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, बास्केटबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, सेपाक ताक्रो, हक्की, भारोत्तोलन, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी, कबड्डी, कुस्ती, तेक्वान्दो, खो खो, कराँते र आइटिएफ तेक्वान्दोलाई आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफसँगै गैह्र आवासीय नेपाली संघ (एनआरएनए) गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA