चैत्र ८, २०८२ आइतबार | १८:३१:१७
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

नवौं राष्ट्रिय खेलकुदको उद्घाटनः निरश र पट्यारलाग्दो

पोखरा । उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार कास्कीको पोखरा रंगशालामा उदघाटन गरेसँगै नवौं वृहत राष्ट्रिय खेलुकद महोत्सव औपचारिक रुपमा सुरु भएको छ ।

३६ खेलमा कुल ६ हजार एक सय दुई खेलाडीले ३६ खेलमा तीन सय ९३ स्वर्ण, समान रजत र ६ सय कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो खेल महोत्सव उपराष्ट्रपति पुनले शुक्रबार साँझ एक समारोहका बीच उदघाट्न गरे ।

भव्य बनाउने असफल प्रयास गरिएको उदघाटन समारोहमा उपराष्ट्रपति पुनले १५मिनेटभन्दा लामो भाषण गरेर निरश समारोहलाई थप पट्यारलाग्दो बनाए ।

उपराष्ट्रपति पुनको भाषणमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय खेलकुदको इतिहास, नेपाली खेलकुदको वर्तमान अवस्था, खेलकुदको दर्शन, सरकार तथा राष्ट्रिय खेलकुद परिषदले खेलकुद विकासका लागि गरेका प्रयासलगायतका विषयमा सतही तथा तथ्यहिन पुलिन्दा समावेश थिए ।


नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटीका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको झण्डोत्तोलन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलुकदले गाउँ र विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म भाइचारा विकास गर्ने बताए । खेलकुद रोजगारी र अर्थतन्त्रको बलियो माध्यम बन्न सक्ने बताउँदै उनले सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको दाबी गरे ।

मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका खेलहरु प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गर्दै आठौं भएको दुई वर्षभित्रै गर्ने योजना रहे पनि कोभिड १९ महामारीका कारण ढिलो भएको बताए ।

धेरै हदसम्म सरकारको खेलकुद नीति तथा कार्यक्रम वाचनजस्तै रहेको भाषणमा मन्त्री गहतराजले खेलकुद विकासका लागि सबै तीन तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने विचार राखे ।

यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पोखराले दोस्रो पटक आयोजना गर्न लागेको नवौं राष्ट्रिय खेलुकद नेपाली खेलकुदको समग्र विकसका लागि ठूलो अवसर हुने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय टिममा सहभागी भएर अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यँटन र राष्ट्रिय गौरव प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप सरकार अघि बढिरहेको बताए । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ४० वर्षपछि गण्डकीलाई नेपाली खेलुकदको सबभन्दा ठूलो मेला आयोजनाको अवसर दिएकोमा राष्ट्रिय खेलकुद परिषदलाई धन्यवाद दिए । उनले नवौं राष्ट्रिय खेलकुद सफल पार्न आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा रंगशालाको क्षमताभन्दा आधा पनि दर्शक उपस्थित नरहेको उद्घाटन समारोहको समग्र कोरियोग्राफी अत्यन्तै निरश तथा निरिह रहयो । एउटा र अर्को प्रस्तुतीको बीचमा पट्यारलाग्दो लामो ग्याप थियो भने लामालामा पट्यारलाग्दा भाषणले रंगशाला पुगेका दर्शक पनि बीचमै उठेर बाहिरिइरहेका थिए ।

मार्चपासका लागि खेलाडी तयार देखिँदैनथे । मार्चपासमा जिन्स पाइन्ट लगाएर शानका साथ मानिसहरु हिडिरहेका थिए । कोहीकोही त हेल्मेट हातमा झुण्ड्याएर पनि मार्चपासमा सहभागी भएका थिए । शिव परियार, आनन्दा कार्की, रामभक्त जजुजु, कुन्ती मोक्तान, रचना रिमाल, वालिका प्रधान र प्रविण बेडवालले गाएको गित अत्यन्तै खराव साउन्ड सिस्टमका कारण कसैले सुन्न सकेन । त्यसैगरि विभिन्न स्कुलका १२ सय विद्यार्थी तथा सुरक्षा निकायका झण्डै हजार कलाकारले गरेका विभिन्न नृत्य तथा अन्य प्रस्तुती कमजोर प्रकाशका कारण दर्शकले देख्न पाएनन् ।

सातै प्रदेशको संस्कृति झल्काउने खालका विभिन्न जनजातिका झाँकी प्रदर्शन गरिएको फितलो उदघाटन समारोहमा खेलाडीका तर्फबाट प्याराग्लाइडिङ खेलाडी सुशील गुरुङले खेलाडी तथा भलिबलका रेफ्री टहलसिंह मगरले निर्णायकका तर्फबाट सपथ लिए । एथ्लेटिक्सका ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्वलन गरे ।

नवौं राष्ट्रिय खेलकुदमा खेल मेलाअन्तर्गत पुरुष क्रिकेट यसै महिनाको पूर्वार्धमा काठमाडौंमा सम्पन्न भइसकेको छ । यसैगरी महिला क्रिकेट, फुटबल, हक्की, ह्यान्डबल, बुद्धिचाल र फेन्सिङका खेलहरु पनि सुरु भइसकेका छन् ।

पोखराले दोस्रो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुदमा र्याफ्टिङ एन्ड कनोइङ, मुवाथाई, पेनकेक सिलात, हाप्किडोलगायतका खेललाई प्रदर्शनी खेलका रुपमा नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको छ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुन लागेको नेपाली खेलकुदको सबभन्दा ठूलो महोत्सवअन्तर्गत पूर्वाधार अभावका कारण सुटिङको प्रतियोगिता काठमाडौंमा हुनेछ । यसैगरी आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, पुरुष बास्केटबल, बक्सिङ, महिला क्रिकेट, फेन्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक, ह्यान्डबल, खो खो, लन टेनिस, सफ्ट टेनिस, स्क्वास, पुरुष भलिबल र उसु पोरख रंगशालामा हुनेछन् । पुरुष फुटबलका सुरुआति केही खेल भने पोखराकै गोस्टेघाटमा हुनेछन् ।

यसैगरी महिला फुटबल स्याङजाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, महिला बास्केटबल तनहुँ, फुलकन्ट्याक्ट कराँते र जुडो पोखराको प्रदर्शनी हल, शारीरिक सुगठन पोखरा सभागृह, बुद्धिचाल गोर्खा, पौडी पोखराको फिस्टेल एकेडेमी, टेबल टेनिस पोखराकै कोल्मा बाहकोट समाज हल, सेपाक ताक्रो र कुस्ती नवलपुर, महिला हक्की पोखरा लामाचौर, पुरुष हक्की ह्याम्जा, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ पोखराको हिमालयन गल्फ कोर्स, साइक्लिङ पोखराको रानीबन, ट्रायथलन पोखरा लेकसाइड, प्याराग्लाइडिङ पोखरा साराङकोट, रग्बी भण्डारढिक पोखरा, कबड्डी पोखरा माटेपानी, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बाग्लुङमा हुनेछन् ।

नवौं संस्करणका लागि आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्टन, क्रिकेट, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, ह्यान्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, बास्केटबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, जुडो, शारीरिक सुगठन, बुद्धिचाल, पौडी, टेबल टेनिस, सेपाक ताक्रो, हक्की, भारोत्तोलन, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी, कबड्डी, कुस्ती, तेक्वान्दो, खो खो, कराँते र आइटिएफ तेक्वान्दोलाई आधिकारिक खेलका रुपमा समावेश गरिएको छ ।

सात प्रदेशका साथै तीन विभागीय टोलीहरु नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफसँगै गैह्र आवासीय नेपाली संघ (एनआरएनए) गरि ११ टोलीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो