माघ १६, २०८२ शुक्रबार | ११:४४:०४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

पोखरा स्पोर्टस अवार्डलाई तमु धि यूकेद्वारा १ लाख सहयोग

पोखरा । तमुहरुको बेलायतकै सबैभन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई तमु धि युकेले एक लाख रुपैयाँ सहयोग गरेको हो । तमु धि युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मिप्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरे ।

सो अवसरमा तमु धि युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमु धि युकेले नेपालमा हुने समाजका हरेक गतिविधिमा सहयोग गर्दै आएको उल्लेख गर्दै तमु धिका अध्यक्ष हितकाजी गुरुङ लगायत तमु धि युके परवारले कार्यक्रम सफलताको शुभकामना समेत सन्देश पठाएको बताए । उनले तमु धि युकेले नेपालको खेलकुदसँगै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आइरहेको र त्यसमध्ये पोखरा स्पोर्टस अवार्डसमेत रहेको बताए ।

तम धि युकेले पोखरा स्पोर्टस अवार्ड सफल बनाउन गरेको सहयोग प्रति अवार्डका लागि अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकले आभार व्यक्त गरेका छन् । उनले भने, ‘यो सहयोगले अवार्ड सफल बनाउन ठूलो सहयोग पुग्नेछ, यसका लागि तमु धि युके परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौ ।’ तमु धि युकेले हरेक वर्ष झैं यस वर्ष समेत अवार्डलाई सफल बनाउन अग्रपंक्तिमा रहेर सहयोग गरेको र अन्य संघ संस्थाहरुलाई समेत अवार्ड कार्यक्रमलाई सफल बनाउन उनले आह्वान गरे ।

मञ्चका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा अग्रज फोटो पत्रकार तथा समितिका सहसंयोजक सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठको सहभागिता रहेको थियो ।

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् भने विदेशबाट समेत सहयोग आउने क्रम जारी छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।