चैत्र ६, २०८२ शुक्रबार | ११:२४:००
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

पोखरा स्पोर्टस अवार्डलाई तमु धि यूकेद्वारा १ लाख सहयोग

पोखरा । तमुहरुको बेलायतकै सबैभन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई तमु धि युकेले एक लाख रुपैयाँ सहयोग गरेको हो । तमु धि युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मिप्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरे ।

सो अवसरमा तमु धि युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमु धि युकेले नेपालमा हुने समाजका हरेक गतिविधिमा सहयोग गर्दै आएको उल्लेख गर्दै तमु धिका अध्यक्ष हितकाजी गुरुङ लगायत तमु धि युके परवारले कार्यक्रम सफलताको शुभकामना समेत सन्देश पठाएको बताए । उनले तमु धि युकेले नेपालको खेलकुदसँगै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आइरहेको र त्यसमध्ये पोखरा स्पोर्टस अवार्डसमेत रहेको बताए ।

तम धि युकेले पोखरा स्पोर्टस अवार्ड सफल बनाउन गरेको सहयोग प्रति अवार्डका लागि अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकले आभार व्यक्त गरेका छन् । उनले भने, ‘यो सहयोगले अवार्ड सफल बनाउन ठूलो सहयोग पुग्नेछ, यसका लागि तमु धि युके परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौ ।’ तमु धि युकेले हरेक वर्ष झैं यस वर्ष समेत अवार्डलाई सफल बनाउन अग्रपंक्तिमा रहेर सहयोग गरेको र अन्य संघ संस्थाहरुलाई समेत अवार्ड कार्यक्रमलाई सफल बनाउन उनले आह्वान गरे ।

मञ्चका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा अग्रज फोटो पत्रकार तथा समितिका सहसंयोजक सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठको सहभागिता रहेको थियो ।

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् भने विदेशबाट समेत सहयोग आउने क्रम जारी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो