चैत्र १०, २०८२ मंगलबार | ०५:२२:३८
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

हाई परफरमेन्स कमिटिद्वारा प्रतिवेदन पेश

काठमाडाैं । १९औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ ।

समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८ मंसिर २४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो । 

उक्त कार्यदलले नेपालको अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा देखिएको प्रदर्शन तथा परिणामलाई के कसरी प्रभावकारी रुपमा उपलब्धिमुलक तथा परिणाममुखि बनाउन सकिन्छ त्यसको गहन अध्ययनगरि परिषद्लाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो ।

कार्यदलले नजिकै आउन लागेको १९औं एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो ।

कार्यदलले विभिन्न छलफल, प्रतियोगितामा देखाएको उच्च प्रदर्शन, विगतामा प्राप्त परिणामलाई अध्ययन गर्दै हाल १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले प्रथम स्थान हासिल गरेका खेल र हालैमात्र बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हासिल गरेको नतिजालाई आधार मान्दै महिला भलिबल टोलीसहित १४ खेललाई समावेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको कार्यदलका सचिव हिमाल राज दाहालले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै निमित्त सदस्य सचिव थापाले कार्यदलको कार्यको प्रशंसाका साथ धन्यवाद ब्यक्त गर्दै यस प्रतिवेदनका आधारमा नेपाली खेलकुदको बाटो तय गर्ने र त्यसले आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिष्ठा उच्च राख्नेमा आफु बिश्वस्त रहेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो