चैत्र ८, २०८२ आइतबार | ०८:४१:१९
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

कोभिड १९ का कारण चलामान बन्न नसकेकेको खेलकुदलाई नयाँ गति दिन्छुः घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले कोभिड १९ महामारीका कारण चलामान बन्न नसकेकेको खेलकुद गतिबिधीलाई नयाँ गतिमा अघि बढाउने बताएका छन् ।

मंगलबार राखेपमा पदभार ग्रहण गर्दे घिसिङले विगतको नेतृत्वले खेलकुद गतिबिधी चलायमान बनाउन प्रभावकारी कदम चाल्न नसकेको बताए ।

‘राष्ट्रिय खेलाडीहरुको बिमाको कुरा उठेको धेरै भइसकेको छ तर अहिले सम्म त्यो प्रक्रिया अघि बढेको छैन,’ घिसिङले भने,  ‘मेरो पहिलो प्राथमिकता भनेको राष्ट्रिय खेलाडीहरुको बिमा प्रक्रिया यथासिघ्र अघि बढाउने रहेको छ ।’उनले राखेपमाथि प्रश्न उठेकाले यसको समाधान गर्नुपर्ने समेत बताए ।

‘खेलकुद परिषद्को संस्थागतरुपमा ठुलो प्रश्न उठेको छ । यसलाई हटाउन पर्छ । खेलकुद परिषद् आशालाग्दो बाटोमा हिडेको संस्था हो भन्ने कुरालाई सहि सावित गर्नुपर्छ ।’

घिसिङले नवौं राष्ट्रिय खेलकुद नहुनु राष्ट्रको लागि ठुलो घाटा भएको बताए ।

‘नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता म आउनु भन्दा अघि हुनुपर्थ्यो । प्रतियोगिता हुन नसक्नु राष्ट्रको लागि ठुलो घाटा हो । यसले खेलकुद क्षेत्रमा लागेका खेलाडी, खेल ब्यवस्थापकलाई ठुलो घाटा भएको छ । त्यसैले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर तुरुन्त काम र निर्णयहरु अगाडी बढाउनेछु,’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकुदले राष्ट्रिय टोलीको तयारीलाई जोड्छ । राष्ट्रिय खेलकुद भनेको राष्ट्रिय टोली निर्माणको एउटा महत्वपूर्ण पक्ष पनि हो । नवौं राष्ट्रिय खेलकुद सकिनासाथ अन्तर्राष्ट्रिय सहभागीताको लागि बन्द प्रशिक्षण राख्नुपर्छ भन्ने ठानेको छु ।’

उनले राखेपको कार्य गतिमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।

‘राखेप राष्ट्रको एउटा महत्वपूर्ण निकाय हो । जसले खेलकुद क्षेत्रको मुल नेतृत्व गर्ने निकाय हो । नागरिकको स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको बिषय यो संस्था कमजोर हुनु भनेको राष्ट्रकै प्रतिष्ठासँग जोडिने कुरा हो । त्यसलाई यसलाई कमजोर बनाउन हुन्न । मेरो आह्वान पनि छ । विभागका साथीहरुसँग पनि बस्नेछु । संघहरुसँग पनि अन्तरक्रिया बस्नेछु । प्रशिक्षकहरुसँग पनि बस्छु, खेलाडीसँग पनि बस्छु म । सबैसँग बस्छु । तर म के चाहन्छु भने हिजो खेलकुद जुन गतिमा हिडेको थियो । अव गति परिवर्तन गर्नुपर्छ ।’

साथै घिसिङले ग्रासरुटबाटै खेलाडी उत्पादन गर्नतर्फ केन्द्रित हुने पनि बताए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई सदस्यसचिवमा नियुत्त गरेको थियो ।

सदस्यसचिव घिसिङलाई मंगलबार नै युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले पद तथा गोेपनियताको सपथ गराएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो