चैत्र १७, २०८२ मंगलबार | ०४:३८:२८
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

खेलकुदमन्त्रीलाई एनएनआइपिएको आठ बुँदे ज्ञापनपत्र

काठमाडौ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले खेलाडी तथा प्रशिक्षकहरुको उचित कदर नभएको भन्दै खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठसहित खेलाडी तथा प्रशिक्षकको एक टोलीले आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री गहतराजलाई आठ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

संघले जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी तथा पदक विजेतालाई वर्गिकरण गरि सबैका लागी सामाजिक सुरक्षाको व्यवस्थाको नीती नै बनाउनु पर्ने माग गरेकाे छ ।

एनएनआइपिएले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेतालाई तत्काल केहि पुरस्कारको व्यवस्था गरिएपनि  जिवनयापनका लागी सो रकम पर्याप्त नभएको भन्दै सरकारले नियमीत भत्ता उपलब्ध गराउनु पर्ने माग गरेको छ । 

त्यस्तै नयाँ पुस्ताका खेलाडी तथा उनीहरुका अभिभावकहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न,अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाट रोजगारीको व्यवस्था गर्नुपर्ने पनि संघले माग गरेको छ ।

एनएनआइपिएले स्थानीय स्तर देखी अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरि परिचय पत्रको व्यवस्था र पत्र पाएकाहरुलाई निश्चित सहुलियत दिनुपर्ने,अन्तर्राष्ट्रिय पदक विजेताले पहुँच नभएकै कारण केही नपाउने अवस्था रहेकाले उनीहरुलाई उचित सम्मानको व्यवस्था र खेल जिवनपछि स्वदेशमै बस्ने वातावरण निमार्ण गर्न गम्भिर हुुनुपर्ने तर्फ पनि सरकरको ध्यानाकर्षण गराएको हो ।

 एनएनआइपिएले नवौं राष्ट्रिय खेलकुदका लागी तत्काल पहल गर्नुपर्ने तथा कोभिड १९ को महामारीका कारण रोकिएको प्रशिक्षणहरु स्वास्थ्य मापदण्ड पालना गरेर तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो