चैत्र ७, २०८२ शनिबार | २३:०७:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दावा र मनीषले तेजुका कप विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालको सहभागिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।

नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपालको सहभागिता बारे जानकारी गरायो ।

संघका अध्यक्ष दमन बस्नेतले फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिताको कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा हुनेछ ।

अफिसियलमा अध्यक्ष बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् । अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । टोली फागुन ६ गते जापान जानेछ ।

संघका अध्यक्ष बस्नेतका अनुसार यी दुई खेलाडीले प्रतियोगिताका लागि आठ महिनादेखि विशेष प्रशिक्षण लिइरहेका छन् ।

‘आर्थिक सीमितताका कारण हामी केवल दुई खेलाडी मात्र पठाउन सक्षम छौं, तर अन्य खेलजस्तै खेलाडीले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने अवस्था छैन’, बस्नेतले भने ।

उनले गत वर्ष सेप्टेम्बर १३ मा सम्पन्न छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको पनि जानकारी दिए ।

प्रतियोगितामा २५ देशका ८०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो