माघ १९, २०८२ सोमबार | ००:२८:०४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

दावा र मनीषले तेजुका कप विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालको सहभागिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।

नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा नेपालको सहभागिता बारे जानकारी गरायो ।

संघका अध्यक्ष दमन बस्नेतले फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिताको कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा हुनेछ ।

अफिसियलमा अध्यक्ष बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन् । अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । टोली फागुन ६ गते जापान जानेछ ।

संघका अध्यक्ष बस्नेतका अनुसार यी दुई खेलाडीले प्रतियोगिताका लागि आठ महिनादेखि विशेष प्रशिक्षण लिइरहेका छन् ।

‘आर्थिक सीमितताका कारण हामी केवल दुई खेलाडी मात्र पठाउन सक्षम छौं, तर अन्य खेलजस्तै खेलाडीले आफ्नै खर्चमा यात्रा गर्नुपर्ने अवस्था छैन’, बस्नेतले भने ।

उनले गत वर्ष सेप्टेम्बर १३ मा सम्पन्न छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको पनि जानकारी दिए ।

प्रतियोगितामा २५ देशका ८०० भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।