चैत्र १४, २०८२ शनिबार | २१:१५:१०
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

उपत्यकाव्यापी करातेः भक्तपुर च्याम्पियन

उपत्यकाव्यापी करातेमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । भक्तपुर डोजो पाँच स्वर्ण, तीन रजत र तीन कांस्य पदकका साथ पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा बिहीबार भएको प्रतियोगितामा तीन स्वर्ण, सात रजत र तीन कांस्य पदककासाथ नग्देश डोजो दोश्रो भयो । तेश्रो स्थानको बूढानीलकण्ठ डोजोले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो।

भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुरका अभिषेक तामाङ तथा महिलामा नग्देशकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

पुरुषमा विद्या आर्जनका रोजित कासुला तथा महिलामा माउन्ट भ्यालीकी सुजिता तामाङ उदीयमान खेलाडी चुनिए । भौखेल डोजो अनुशासित टिम घोषित भयो ।

विजेतालाई नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं अध्यक्ष सूर्यबहादुर तामाङलगायतले पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले  गरेका थिए ।

सो अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ, १०औं सागका कांस्य पदक विजेता रामशरण त्वातीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा करिब २०० खेलाडीले एकल काता र कुमुतेसहित  २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो