चैत्र ९, २०८२ सोमबार | ०९:२०:३३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाललाई ऐतिहासिक रजत दिलाएकी एरिका स्वदेश फर्किइन्

एरिकालाई स्वागत गरिँदै ।

काठमाडौं । २०औं एसियाली सिनियर कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथि रजत पदक जितेकी एरिका गुरुङसहित नेपाली टिम मंगलबार स्वदेश फर्किएको छ ।

टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। टोलीलाई नेपाल प्रहारीले बाजागाजसहित स्वागत गरेको थियो ।

चीनको हाङझावस्थित स्पोर्टस सेन्टर जिम्न्याजिममा आइतबार सम्पन्न फाइनलमा एरिका भियतनामकी नाओन थी नुयेनसँग ६-० ले पराजित हुँदा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी थिइन् ।

एसियाली सिनियर करातेमा नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघिका सबै संस्करणमा नेपाल पदकविहिन थियो ।

प्रि–क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गरिन् । क्वार्टरफाइनलमा एरिका र काजकिस्तानकी सोफिया बेरुल्टसेभाकबीचको खेल १-१ को बराबरीमा टुंगियो । पहिलो अंक एरिकाले बटुलेका कारण ‘रेफ्री’ निर्णयमा एरिका नै विजयी भएकी थिइन् ।

यसैगरी सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८-० ले हराउदै रजत पदक पक्का गरेकी थिइन् ।

एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १०औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।  

सबै प्रतियोगितामा कुशल श्रेष्ठ प्रशिक्षकको भूमिकामा थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो