आश्विन १९, २०८१ शनिबार | ०८:११:३३
अश्विन अर्थात् नेपाली फुटबलका इभान राकेटिच टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग अश्विन अर्थात् नेपाली फुटबलका इभान राकेटिच टेस्ट क्रिकेटमा कामिन्दुको कमाल फुटबलमा ‘डार्क आर्ट्स’ इडब्ल्युभिएको उपाधिका लागि भिड्दै कर्णाली र ललितपुर महिला ट्वान्टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलिया सदाबहार दाबेदार, भारतलाई छ चुनौती समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने गण्डकी सोझो सेटमा विजयी, मधेश जितविहिन नेपालको पहिलो जित, उज्वेकिस्तान १२-७ ले पराजित ललितपुरको फाइनल सम्भावना कायमै, बाहिरियो चितवन खेल ढिला भएपछि टिकट मुल्य फिर्ता गर्न दर्शकको माग

आइएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेः परिसा र शिवानीलाई स्वर्ण

परिसा खड्गी ।

काठमाडौं । आइएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको छैटौं संस्करणमा महिलातर्फ परिसा खड्गी शिवानी आलेमगरले स्वर्ण पदक जितेका छन्

महिला ४५ केजीमुनिमा परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य पदक जितिन् ।

इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आइएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनिको फाइनलमा शिवानीले  कृतिका लामालाई हराइन् । प्राश्नी तामाङले कांस्य  पदक हात पारिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनिमा आरुस थापाले इशान सापकोटालाई हराउँदै स्वर्ण पदक जिते । अमनकुमार गुप्ताले कांस्य पदक जिते ।

पुरुष ४० केजीमुनिमा आकाश नेपालीले स्वर्ण पदक जिते । उनले फाइनलमा मनोज अग्रीलाई निरास बनाए । साजन वाइबाले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगिताका पदक विजेता । 

पुरुष ४५ केजीमुनिमा प्रवेश गुरुङले स्वर्ण पदक हात पारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वानले कांस्य पदक जिते ।

पुरुष ५० केजीमुनिको फाइनलमा सरोज राईले अनिलकुमार लोहारलाई पराजित गरे । बसन्त सारुमगर कांस्य पदक हात पारे ।

सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार रुपैयाँ वितरण गरिएको थियो ।

विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले पुरस्कृत गरे ।

एक दिने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ दुई विधा समावेश गरिएको थियो । प्रयितोगितामा १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
आशा गरिएका विदेशी खेलाडी चलेनन् BHARAT YADAV COACH Madhesh United Everest Women's Volleyball League
अब जित्नको लागी नयाँ रणनीतिका साथ खेल्छौं JAGADISH BHATTA COACH Everest Women's Volleyball League
Nepal Premier League NPL II OWNERS REVEAL CEREMONY II
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024