चैत्र १६, २०८२ सोमबार | १५:२३:२९
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

लिग निर्धारित समयमै हुनेमा केसीको शंका

काठमाडौं । थ्री स्टार क्लबसँग सम्झौता गरेलगत्तै प्रशिक्षक मेघराज केसीले लिग हुनेमा शंका व्यक्त गरेका छन ।

एन्फाले दोस्रो पटक घोषणा गरेकै मितिमा भए सहिद स्मारक ए डिभिजन लिग फागुन १९ बाट सुरु हुनुपर्छ । पूर्वसहमती अनुसार तयारी रकम नदिएको भन्दै लिगमा सहभागी १४ क्लबले विरोध जनाएसँगै पुस २६ गतेका लागि तय लिग निर्धारित समयबाट पछि धकेलिएको थियो । 

एन्फाले लिग निर्धारित समयमा सुरु नगरेको र अन्य फुटबल गतिबिधी शुन्य रहेका कारण आफूहरु बेरोजगार भएको भन्दै वर्तमान राष्ट्रिय फुटबल टोली र राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गसिकेकका ३० भन्दा बढी खेलाडी अस्ट्रेलिया पलायन भैसकेका छन । जसका कारण लिग खेल्ने तयारीमा जुटेका क्लबलाई शीर्ष खेलाडीको अनुबन्धमै समस्या परेको छ । खेलाडी पलायनमा जिम्मेबार नभएको भन्दै चर्को आलोचनामा परेको एन्फाले खेलाडी विदेसिनु व्यत्तिगत कारण भन्दै सो विवादमा आफूलाई नजोड्न आग्रह गर्दै आएको छ ।

केसीले मंगलबार राती एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई प्रश्न गर्र्दै लिग निर्धारित मितिमा हुनेमा शंका रहेको उल्लेख गरेका छन ।

‘लिग हुन्छ र पंकज दाई, किरण राई? तपाईहरुको लेभल छ ?,’ केसीले पोस्ट गरेका छन । 

केसीको प्रशिक्षणमा सातदोबाटोले शीर्ष लिगको डेब्यु सिजनमै प्रभावशाली प्रदर्शन गरेको थियो । उनको प्रशिक्षणमा चौथो स्थानमा रहदै सिजनको अन्त्य गरेको थियो । 

केसीसँगै गोलकिपर प्रशिक्षक उज्जवल मानन्धर पनि पूर्वक्लब थ्री स्टार फर्किएका छन । उनी गत सिजन सातदोबाटोमा गोलकिपर प्रशिक्षकमा रुपमा रहेका थिए ।

थ्री स्टारले भने गत सिजन छैटौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो