माघ १९, २०८२ सोमबार | ०२:०९:२५
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

अञ्जन र अनन्तको गोलमा नेपाल विजयी

काठमाडौं, (खेलाडी)- अञ्जन बिष्ट र अनन्त तामाको गोलमा नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा खेलिएको मैत्रीपूर्ण खेलमा २-० को जित हासिल गरेको छ । 

असोज १५ गतेबाट माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली विशेष तयारी गर्न भदौ २५ गते कतार पुगेको थियो ।

कतारमा दुई वटा अभ्यास खेल खेल्ने योजना राखेको नेपाली टोलीले हिजो शनिबार कतारी फुटबल संरचनाअन्तर्गत दोस्रो डिभिजनको टोली अल बिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका भरपर्दा फरवार्ड अञ्जन र सेन्ट्रल रक्षक अनन्तले गोल गरेको एन्फा स्रोतले जनाएको छ ।

कतार जानुअघि नेपालले साफ च्याम्पियनसिपको तयारीकै लागि भारतीय राष्ट्रिय टोलीसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भदौ १७ र २० गते नेपालले भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो । 

पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १-१ गोलको बराबरी नतिजा निकालेको नेपाल दोस्रो खेलमा भने २-१ को नतिजामा पराजित भएको थियो । नेपालका लागि पहिलो खेलमा अञ्जनले गोल गरेका थिए भने दोस्रो खेलमा तेज तामाले गोल गरेका थिए ।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली कतारबाट सोझै माल्दिभ्स प्रस्थान गर्नेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।