चैत्र ४, २०८२ बुधबार | १७:४१:५७
सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल

अञ्जन र अनन्तको गोलमा नेपाल विजयी

काठमाडौं, (खेलाडी)- अञ्जन बिष्ट र अनन्त तामाको गोलमा नेपाली राष्ट्रिय फुटबल टोलीले कतारमा खेलिएको मैत्रीपूर्ण खेलमा २-० को जित हासिल गरेको छ । 

असोज १५ गतेबाट माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली विशेष तयारी गर्न भदौ २५ गते कतार पुगेको थियो ।

कतारमा दुई वटा अभ्यास खेल खेल्ने योजना राखेको नेपाली टोलीले हिजो शनिबार कतारी फुटबल संरचनाअन्तर्गत दोस्रो डिभिजनको टोली अल बिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका भरपर्दा फरवार्ड अञ्जन र सेन्ट्रल रक्षक अनन्तले गोल गरेको एन्फा स्रोतले जनाएको छ ।

कतार जानुअघि नेपालले साफ च्याम्पियनसिपको तयारीकै लागि भारतीय राष्ट्रिय टोलीसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । भदौ १७ र २० गते नेपालले भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो । 

पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १-१ गोलको बराबरी नतिजा निकालेको नेपाल दोस्रो खेलमा भने २-१ को नतिजामा पराजित भएको थियो । नेपालका लागि पहिलो खेलमा अञ्जनले गोल गरेका थिए भने दोस्रो खेलमा तेज तामाले गोल गरेका थिए ।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली कतारबाट सोझै माल्दिभ्स प्रस्थान गर्नेछ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं