चैत्र १३, २०८२ शुक्रबार | १५:२७:३९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले तत्कालबाट लागु हुने गरि म्यानचेस्टर युनाइटेड छोडेको घोषणा गरेका छन् ।

युनाइटेडले मंगलबार नै विज्ञप्त्ति जारी गर्दै रोनाल्डोले ओल्ड ट्रफोर्ड छोडेको पुष्टी गरेका थिए । युनाइटेडले आपसी सहमतीमै रोनाल्डोसँग सम्झौता रद्द गरिएको समेत जनाएको छ ।

‘क्रिस्टियानो रोनाल्डोले तत्काल लागु हुने गरि आपसी सहमतीमै म्यानचेस्टर युनाइटेड छोडेका छन्’, युनाइटेडले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, ‘क्लब उनले दिएको योगदानप्रति धन्यवा दिन चाहन्छ । उनले युनाइटेडका लागि ३ सय ४६ खेलमा १ सय ४५ गोल गरेका छन् । हामी उनको उज्वल भविष्यको कामना गर्न चाहन्छौ । ’

रोनाल्डो हाल पोर्चुगलको कप्तानी सम्हाल्दै विश्वकप २०२२ का लागि कतारमा छन । पोर्चुगलले  बिहीबार घानासँगको खेलसँगै कतार विश्वकपको यात्राको सुरुआत गर्नेछ ।

‘क्लब पदाधिकारीहरुसँगको संवादपछि हामी आपसी सहमतीमै सम्झौता रद्द गर्न सहमत भएका छौ’,रोनाल्डोले जारी गरेको विज्ञप्क्तिमा भनिएको छ, ‘यो मेरा लागि नयाँ चुनौतीको सामना गर्ने अवसर हो ।’

रोनाल्डो सन् २००३ मा १८ वर्षको उमेरमा ओल्ड ट्राफोर्ड भित्रिएका थिए । युनाइडेडमा ६ वर्ष बिताएका रोनाल्डोले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यसपछि उनी रियाल मड्रिड गएका थिए । रियालमा १२ वर्ष बसेका रोनाल्डो युभेन्टस हुँदै दुई गत सिजन ओल्ड ट्राफोर्ड फर्किएका थिए ।

युनाइटेड फर्किएको पहिलो सिजन उनले प्रिमियर लिगको ३० खेलमा १८ गोल गरेका थिए ।

रोनाल्डोले गत साता एक अन्तरवार्तामा क्लबका केही पदाधिकारी र प्रशिक्षक इरिक टेन हाग आफ्नो विपक्षमा रहेको दाबी गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो