चैत्र ९, २०८२ सोमबार | ०१:२१:५८
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

निर्णायक खेलमा कप्तान दिपा र वर्षा बाहिर

काठमाडौै । साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा अहिले केहि बेरमा नेपाल  र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल अघि नेपाली टोलीकी प्रशिक्षक भगवती रानामगरले प्लेइङ सेट सर्वाजनिक गरेकी छिन् ।

नियमित तीन खेलमा कप्तान रहेकी दिपा रोकाया र स्ट्राइकर वर्षा ओली टोली बाहिर छन् । उनिहरुको स्थानमा पुनम चेम्जोङ र सेनु परियारलाई मौका दिइएको छ । नेपाली टोलीको कप्तानी जिम्मा गोलरक्षक सुजता तामाङलाई दिइएको छ ।

तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक मात्र अपराजित टोली हो । समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग अंक बाँडे मात्र पनि नेपाल च्याम्पियन हुनेछ ।

डबल राउन्ड रोबिन पद्धतिमा जारी साफ च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ । नेपाल तीन खेलमा शतप्रतिशत जितपछि नौ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा दोस्रो स्थानको बंगलादेशको ६ अंक छ । भुटानले भने चार खेलमा अंक खाता खोल्न सकेन ।

पहिलो खेलमा भुटानलाई ७–० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई १–० ले निराश पारेको थियो ।

नेपाललाई पराजित गरेमा भने राम्रो गोलअन्तरमा बंगलादेश च्याम्पियन हुनेछ ।

नेपाली टोलीः

गोलकिपरः सुजता तामाङ (कप्तान)

रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल,  सिम्रन राई

मिडफिल्डरः सुशिला केसी, भुमिका नेपाली, सुक्रिया मिया

स्ट्राइकरः समिक्षा मगर, सेनु परियार, पुनम चेम्जोङ


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो