चैत्र १४, २०८२ शनिबार | ०१:१०:१०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आर्मी महिला फुटबलको सेमिफाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्याङजाको वालिङमा जारी प्रतियोगिताअन्तर्गतको खेलमा आइतबार सुदूरपश्चिम प्रदेशमाथि ११-० को जित हासिल गर्दै सेनाले अन्तिम चारको यात्रा पक्का गरेको हो ।

सेनाको टोलीका लागि चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरे भने हिमा चौधरीले दुई तथा कुसुम खतिवडा र सपना लामाले एक/एक गोल गरे ।

अमिशाले चार गोल गर्दा चन्द्राले तीन गोल गरेकी थिइन । छैटौं मिनेटमा टोलीको खाता खोलेकी अमिशाले ४१औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेकी थिइन । ६४औं मिनेटमा अर्को गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेकी अमिशाले इन्जुरी समयमा चौथो गोल गरिन ।

त्यस्तै चन्द्राले १२औं मिनेटमा पहिलो व्यक्तिगत गोल गरेकी थिइन । पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गरेकी उनले समय सकिन १९ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरिन ।

हिमाले १९ र ४३औं मिनेटमा गोल गरिन भने कुसुमले ४८ तथा सपना लामाले समय सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेकी थिइन ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो