माघ १५, २०८२ बिहीबार | १६:३५:०३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एनआरएनएको टिममा राष्ट्रिय खेलाडी, प्रोटेस्ट हाल्दै प्रदेश एक

पोखरा । नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर नवौं राष्ट्रिय खेलुकदको पुरुष फुटबलमा टिम उतारेको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोलीविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्ने भएको छ ।

पुरुष फुटबलअन्तर्गत आज बिहीबार भएको पहिलो खेलमा संजोक राई र विमल घर्ती मगरको गोलमा एनआरएनएले प्रदेश एकलाई २–० को नतिजामा हराएको थियो । एनआरएनएले नेपालमै बसोबास गर्ने खेलाडी खेलाएको भन्दै प्रदेश एकले विरोध गर्दा खेल निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको थियो । जसका कारण समय नपुग्ने भन्दै पछि खेलको समय ७० मिनेटमा झारिएको थियो ।

आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको नियमावलीअनुसार कुनै पनि खेलाडीले राष्ट्रिय खेलुकद खेल्न जिल्लाबाटै दर्ता भएर जिल्लादेखिका छनोट प्रतियोगिता खेल्नुपर्छ । तर एनआरएनएले कुनै छनोट नखेलेका, केही दिनअघिसम्म पनि नेपालमै रहेका खेलाडीलाई समावेश गरेपछि अन्य प्रदेशका टिमहरुले त्यसको चर्को विरोध गरेका थिए । त्यसका बावजुद आयोजकले एनआरएनएको टिमलाई खेल्न दिएको थियो ।

‘राखेपले हामीलाई चाँही जिल्लाबाट फर्म नभरेका खेलाडीलाई खेलाउन नपाउने भनेर दिएन । तर एनआरएनएले चाँही जुनसुकै बेला पनि नाम फेर्न पाउने कस्तो नियम हो यो ?,’ प्रदेश एकको पुरुष फुटबल टिमका व्यवस्थापक प्रकाश मल्लले आक्रोष पोखे, ‘हामी यसको विरुद्ध प्रदेश खेलकुद परिषदबाटै आयोजककहाँ औपचारिक प्रोटेस्ट गर्छौ ।’

मल्लले एनआरएनएको टिमबाट खेलेका खेलाडीहरु गैह्र आवासीय नेपाल भएको एन्फा र राखेपले प्रमाणित गर्नुपर्ने चेतावनी दिए । ‘एन्फाबाट उपाध्यक्ष दावा लामा संयोजक भएर आउनुभएको छ । उहाँले पनि भर्खरै राष्ट्रिय टिममा भएका खेलाडीलाई कुन आधारमा खेल्न दिनुभयो भन्ने कुराको जवाफ दिनुपर्छ,’ मल्लले भने, ‘यही तरिकाले राष्ट्रिय खेलकुद गर्ने हो भने भोलीका दिनमा प्रदेशको टिमबाट कोही पनि खेलाडीले खेल्ने छैनन् । राष्ट्रिय खेलकुद नै धरासायी हुन्छ । त्यसैले राष्ट्यि खेलकुदको अस्तित्व बचाउन पनि हामी चुप लागेर बस्दैनौं ।’

एनआरएनएको टिममा नेपाली राष्ट्रिय टिमका विमल घर्ती मगर, अनन्त तामाङ, संजोक राई, विशाल राई, सुजल श्रेष्ठ, निशान खड्का, पुजन उपरकोटी, कमल श्रेष्ठलगायतका खेलाडीहरु छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।