चैत्र ६, २०८२ शुक्रबार | ०६:४५:१७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एनआरएनएको टिममा राष्ट्रिय खेलाडी, प्रोटेस्ट हाल्दै प्रदेश एक

पोखरा । नेपाली राष्ट्रिय खेलाडीहरु समावेश गरेर नवौं राष्ट्रिय खेलुकदको पुरुष फुटबलमा टिम उतारेको गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को टोलीविरुद्ध प्रदेश एकले प्रोटेस्ट हाल्ने भएको छ ।

पुरुष फुटबलअन्तर्गत आज बिहीबार भएको पहिलो खेलमा संजोक राई र विमल घर्ती मगरको गोलमा एनआरएनएले प्रदेश एकलाई २–० को नतिजामा हराएको थियो । एनआरएनएले नेपालमै बसोबास गर्ने खेलाडी खेलाएको भन्दै प्रदेश एकले विरोध गर्दा खेल निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको थियो । जसका कारण समय नपुग्ने भन्दै पछि खेलको समय ७० मिनेटमा झारिएको थियो ।

आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बनाएको नियमावलीअनुसार कुनै पनि खेलाडीले राष्ट्रिय खेलुकद खेल्न जिल्लाबाटै दर्ता भएर जिल्लादेखिका छनोट प्रतियोगिता खेल्नुपर्छ । तर एनआरएनएले कुनै छनोट नखेलेका, केही दिनअघिसम्म पनि नेपालमै रहेका खेलाडीलाई समावेश गरेपछि अन्य प्रदेशका टिमहरुले त्यसको चर्को विरोध गरेका थिए । त्यसका बावजुद आयोजकले एनआरएनएको टिमलाई खेल्न दिएको थियो ।

‘राखेपले हामीलाई चाँही जिल्लाबाट फर्म नभरेका खेलाडीलाई खेलाउन नपाउने भनेर दिएन । तर एनआरएनएले चाँही जुनसुकै बेला पनि नाम फेर्न पाउने कस्तो नियम हो यो ?,’ प्रदेश एकको पुरुष फुटबल टिमका व्यवस्थापक प्रकाश मल्लले आक्रोष पोखे, ‘हामी यसको विरुद्ध प्रदेश खेलकुद परिषदबाटै आयोजककहाँ औपचारिक प्रोटेस्ट गर्छौ ।’

मल्लले एनआरएनएको टिमबाट खेलेका खेलाडीहरु गैह्र आवासीय नेपाल भएको एन्फा र राखेपले प्रमाणित गर्नुपर्ने चेतावनी दिए । ‘एन्फाबाट उपाध्यक्ष दावा लामा संयोजक भएर आउनुभएको छ । उहाँले पनि भर्खरै राष्ट्रिय टिममा भएका खेलाडीलाई कुन आधारमा खेल्न दिनुभयो भन्ने कुराको जवाफ दिनुपर्छ,’ मल्लले भने, ‘यही तरिकाले राष्ट्रिय खेलकुद गर्ने हो भने भोलीका दिनमा प्रदेशको टिमबाट कोही पनि खेलाडीले खेल्ने छैनन् । राष्ट्रिय खेलकुद नै धरासायी हुन्छ । त्यसैले राष्ट्यि खेलकुदको अस्तित्व बचाउन पनि हामी चुप लागेर बस्दैनौं ।’

एनआरएनएको टिममा नेपाली राष्ट्रिय टिमका विमल घर्ती मगर, अनन्त तामाङ, संजोक राई, विशाल राई, सुजल श्रेष्ठ, निशान खड्का, पुजन उपरकोटी, कमल श्रेष्ठलगायतका खेलाडीहरु छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो