मड्रिड । एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिए पनि क्लब ब्रुजले समूह बी बाट च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ ।
यसअघिको नौ पटकको सहभागीतामा च्याम्पियन्स लिगको समूह चरणमाथि उठ्न नसकेको क्लब ब्रुजले बुधबारको बराबरीपछि क्लब इतिहासमै पहिलो पटक प्रतियोगिताको अन्तिम १६ को टिकट काटेको हो ।
पहिलो हाफमा गोलका धेरै अवसर पाए पनि एट्लेटिकोले त्यसलाई सदुपयोग भने गर्न सकेन ।
समूह बी को सुरुआती तीन खेलमा क्लब ब्रुुजले सतप्रतिशत जितसहित नौ अंक जोडेको थियो । एट्लेटिकोसँगको बराबरीसँगै शीर्ष स्थानको क्लब ब्रुजको १० अंक भएको छ । जुन दोस्रो स्थानको एफसी पोर्टो भन्दा चार अंक बढी हो । तेस्रो स्थानको एट्लेटिकोको चार र चौथो स्थानको बायर लेभरकुसनको तीन अंक रहेको छ ।
पहिलो लेगमा क्लब ब्रुजले एट्लेटिकोलाई २० ले हराएको थियो । क्लब ब्रुजले समूह चरणको चार खेलको समाप्तीमा सात गोल गरेको छ भने एक गोल पनि खाएको छैन ।
समूह बी को अर्को खेलमा बायर लेभरकुसनले एफसी पोर्टोलाई ३-० ले निराश पार्यो ।