चैत्र १६, २०८२ सोमबार | ००:२६:५३
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

प्रिमियर लिगमा चम्किएका पाँच स्टार

काठमाडौं । इङ्लिस प्रिमियर लिगका दुई ठूला डर्बी खेलहरुले वितेको सप्ताहन्तलाई फुटबलको रोमाञ्च प्रसस्त प्रदान गर्दा नवौं चरणमा थुप्रै गोलहरु सम्भव भए ।

म्यानचेस्टर सिटी र आर्सनलले आ-आफ्ना प्रतिद्धन्द्धीमाथि गर्व गर्न लायक जित हासिल गरे भने एन्फिल्डमा ६ तथा क्राभेन कटेजमा पाँच गोलका दृष्यले दर्शकलाई मुघ्ध बनाए ।

प्रिमियर लिगको नवौं चरण समाप्त हुँदासम्म चम्किलो पारामा उदाएका पाँच खेलाडी:

मिगुअल एल्मिरोनः

न्युक्यासलको टिममा गोल गर्न र गोलका लागि अवसर सिर्जना गर्न असफल भइरहँदा मिगुअल एल्मिरोन चर्को आलोचनाले घेरिएका थिए । क्लबमा उनको करियर नै लामो नजाने सम्मका चर्चा हुन थालिसकेको थियो ।

तर पाराग्वेका आक्रामक मिड्फिल्डर एल्मिरोनले फुलहमविरुद्धको खेलमा कथाले नयाँ मोड लियो । एल्मिरोनको कठिन मेहनतले फल दिने क्रममा उनीबाट दुई गोल सम्भव भयो भने बल सँगै हुँदाको उनको प्रदर्शन निक्कै तारिफयोग्य थियो ।

पश्चिमी लन्डनमा ४-१ को जित हासिल गर्दा उनले गरेको पहिलो गोल सनसनीपूर्ण थियो । वायाँ खुट्टे भलीमार्फत पोष्टको माथिल्लो कुना च्यापेर पहिलो गोल गरेका एल्मिरोनले दोस्रो गोल भने निक्कै परिपक्व पारामा गरेका थिए । दबाब सामना गर्दै आएका प्रशिक्षक इडी होवेलाई खुसी प्रदान गर्न उनका यी दुई गोल पर्याप्त थिए ।

‘उनी फुटबलमा जादुमय क्षणहरुको सिर्जना गर्न सक्षम खेलाडी हुन् । मेरो विचारमा उनको पहिलो गोल भनेको जादु नै हो,’ न्युक्यासलका प्रशिक्षक होवेले भने, ‘उनका लागि म निक्कै खुसी छु । उनी वास्तवमै एउटा प्रेरणादायी व्यक्तित्व भएका खेलाडी हुन् । उनको प्रदर्शनले जुनसुकै बेला पनि परिस्थिती परिवर्तन गर्न सक्छ । उनले आफ्नो क्षमता र मेहनतको पुरस्कार गोलको रुपमा पाएका छन् ।’

लियान्द्रो थ्रोसार्डः

ग्राहम पोटरको युगपछि टिमको भविश्यलाई लिएर ब्राइटन एन्ड होभका समर्थकमा केही चिन्ता थियो भने शनिबार एन्फिल्डमा लिभरपुलसँग खेलेको ३-३ को बराबरीपछि त्यो पक्कै कम भएको हुनुपर्छ ।

र, यदी समर्थकहरु केही साताअघि लियान्द्रो थ्रोसार्ड चेल्सी सरुवा हुने चर्चा गलत साबित भएकोमा खुसी छन् भने त्यो चाँही सही प्रमाणित भएको छ ।

बेल्जियमका २७ वर्षे थ्रोसार्डले लिभरपुलको मैदानमा उत्कृष्ट ह्याट्रिक गरेर आफूलाई एक पटक पुनः प्रमाणित गरेका छन् । यो तीन गोलसँगै लिभरपुलविरुद्धका सात खेलमा उनको व्यक्तिगत गोल संख्या पाँच पुगेको छ । थ्रोसार्डको करियरमा यो अरु क्लबविरुद्ध गरेकोभन्दा बढि गोल हो ।

चौथो मिनेटमै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई बिट गर्दै पहिलो गोल गरेका थ्रोसार्डले १७औं मिनेटमा वायाँ खुट्टे प्रहारमार्फत दोस्रो गोल गरे । अवे मैदानमा सुरुआतमै लिएको अग्रता ब्राइटनले धेरै बेर टिकाउन सकेन । खेलको ६३ मिनेट सकिँदा टोली ३-२ ले पछि परिसकेको थियो । तर समय सकिन सात मिनेट बाँकी रहँदा उनले व्यक्तिगत तेस्रो गोल गर्दै मर्सिसाइड यात्रामा टोलीलाई एक अंक दिलाए ।

जियानलुका स्कामाकाः

सिजनको खराव सुरुआतलाई सही बाटोमा ल्याउन वेस्ट हमलाई प्रभावशाली जितको आवश्यकता थियो । जितको बाटो समाउनका लागि इटालियन स्ट्राइकर जियानलुका स्कामाकाले शानदार गोलका साथ सुरुआत दिलाए । उल्भसमाथि २-० को जित हासिल गरेको खेलमा २९औं मिनेटमा पेनाल्टी बक्सको छेउबाट कडा सटमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए ।

‘उनी यहाँ आएदेखि थुप्रै गोल गरिसकेका छन् । तर आजको गोल निक्कै फरक र विशेष थियो । उनी विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन् । उनले विपक्षीको क्षेत्रमा अलिकतीमात्र पनि ठाउँ पाए भने त्यसको सदुपयोग गरिहाल्छन्,’ वेस्ट हमका कप्तान डेक्लन राइसले स्कामाकाको प्रशंसामा भने, ‘आज उनले त्यस्तै सर्वोत्कृष्ट गोल गरे । यसका साथै उनको अलराउन्ड योगदान पनि प्रशंसायोग्य छ । साच्चै नै उनले खेललाई जिवन्त बनाए । उनी हाम्रा लागि सकारात्मक आशाको स्रोत हुन् ।’

इर्लिङ हालान्डः

इङ्लिस प्रिमियर लिगको इतिहासमै इर्लिङ हालान्डअघि कुनै पनि खेलाडीले लगातार तीन घरेलु खेलमा ह्याट्रिक गर्न सकेको थिएन । हालान्डले यो सफलता आइतबार सहरी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडविरुद्धको डर्बी खेलमा हासिल गरे ।

म्यानचेस्टर डर्बीमा १९७० को डिसेम्बरमा फ्रान्सिस लीपछि सिटीका खेलाडीले गरेको पनि यो पहिलो ह्याट्रिक थियो ।

माइकल ओवनको नाममा प्रिमियर लिगमा तिब्र गतिमा तीन ह्याट्रिक पूरा गर्ने कीर्तिमान थियो । ओवनले ४८ खेलमा तीन ह्याट्रिक पूरा गरेका थिए । जसलाई नर्वेका स्ट्राइकरले आठ मात्र खेलमा पूरा गरेर नयाँ कीर्तिमान बनाए ।

पेप ग्वार्डिओलाको टोलीले युनाइटेडमाथि ६-३ को रवाफ जमाएको खेलमा हालान्डले तीन गोल गर्नुका साथै दुई गोलको अवसर पनि सिर्जना गरेका थिए । सिटीका प्रिय नम्बर नाइन खेलाडीले छोटो समयमै बनाएका कीर्तिमान र उनका अदभूत तथ्यांकहरु लोभलाग्दा छन् ।

फिल फोडेनः

स्टकपोर्टमा जन्मिएका म्यानचेस्टर सिटीका प्रशंशकका रुपमा फिल फोडेन आइतबार अभागी ठहरिए । कारण, सिटी समर्थकका लागि सबभन्दा बढि महत्व राख्ने युनाइटेडविरुद्धको खेलमा उनले गरेको शानदार प्रदर्शन छायाँमा पर्यो ।

युनाइटेडविरुद्ध कुनै खेलाडीले ह्याट्रिक गरेको हेर्ने सिटी समर्थकको ५२ वर्ष लामो प्रतिक्षा आइतबार समाप्त भएको थियो । तर, फोडेनले व्यक्तिगत तेस्रो गोल गर्नुभन्दा ९ मिनेटअघि इर्लिङ हालान्डले त्यो सफलता हासिल गरिसकेका थिए ।

डेविड डी हियालाई कुनै मौका नदिई पहिलो गोल गरेका उनले दोस्रो गोल निक्कै चलाखीपूर्ण तरिकाले गरेका थिए भने तेस्रो गोलमा उनको मेहनत थियो । सिटीका लागि फोडेनले आइतबार गरेका गोल उनका ४९, ५० र ५१औं थिए ।

‘फोडेनको प्रतिभा उनको र वर्तमान इङ्लिस फुटबलको वास्तविकता हो । उनको प्रशंसा गर्दा म सधै कायल हुन्छु,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनी वास्तवमै निक्कै राम्रा खेलाडी हुन् । उनी फुटबलमै बाच्ने खेलाडी हुन् ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो