चैत्र १६, २०८२ सोमबार | १७:५७:३१
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

कांग्रेस समानुपातिक सांसद उम्मेदवारको बन्द सुचीमा शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम समावेश गर्दै सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्यको समानुपातिक नामावली पेश गरेको छ ।

आगामी मंसिर चारमा हुने संघीय निर्वाचनका लागि समानुपातिकतर्फ काठमाडौं क्षेत्र नम्बर चारबाट सिफारिसमा परेका शेर्पालाई कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सुचीको ३६औं नम्बरमा राखेको छ ।

नेपाली काँग्रेसका पुराना नेता शेर्पाको नाम काठमाडौं क्षेत्र नम्बर चारले दुई नम्बरमा सिफारिस गरेको थियो । पाँच वर्षअघिको निर्वाचनमा पनि नेपाली कांग्रेसले शेर्पाको नाम समानुपातिकको सुचीमा समावेश गरेको थियो । तर त्यतिबेला बन्द सुचीमा नाम पछि परेका कारण उनी सांसद बन्न पाएका थिएनन् ।

नेपाल विद्यार्थी संघ (नेबिसंघ)बाट राजनीतिक यात्रा थालेका शेर्पाले पार्टीको विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेविसंघ तथा तरुण दलमा केन्द्रिय सदस्य भएर काम गरिसकेका शेर्पाले तरुण दलको केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए । शेर्पा कांग्रेसको पूर्व महासमिति सदस्य हुन् ।

तरुण दलबाटै फुटबल प्रशासनमा प्रवेश गरेका शेर्पाले आफ्नै नेतृत्वमा हिमालयन शेर्पा क्लब स्थापना गरि नेपाली फुटबल संरचनाको शीर्ष स्तरमा पुर्याएका छन् । उनको क्लब अहिले नेपाली क्लब फुटबलको सबभन्दा माथिल्लो डिभिजनमा छ ।

एन्फामा उपाध्यक्ष तथा अध्यक्ष भएर दुई दशकभन्दा लामो समय काम गरेका उनले राष्ट्रिय खेलकुद परिषदमा पनि सदस्यका रुपमा एक कार्यकाल बिताएका थिए ।

सत्ताधारी गठबन्धनकासाथ आगामी मंसिर चार गतेको आम निर्वाचनमा होमिने तयारीमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा सदस्यको समानुपातिक नामावलीमा शेर्पासँगै अर्का खेलकर्मी मोहन राई पनि समावेश छन् ।

नेपाली कराँतेको पहिलो पुश्ताका खेलाडी राई राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष हुन् । उनको नाम बन्द सुचीको ३४औं नम्बरमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो