माघ १९, २०८२ सोमबार | ०२:५२:००
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

कांग्रेस समानुपातिक सांसद उम्मेदवारको बन्द सुचीमा शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम समावेश गर्दै सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधिसभा सदस्यको समानुपातिक नामावली पेश गरेको छ ।

आगामी मंसिर चारमा हुने संघीय निर्वाचनका लागि समानुपातिकतर्फ काठमाडौं क्षेत्र नम्बर चारबाट सिफारिसमा परेका शेर्पालाई कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सुचीको ३६औं नम्बरमा राखेको छ ।

नेपाली काँग्रेसका पुराना नेता शेर्पाको नाम काठमाडौं क्षेत्र नम्बर चारले दुई नम्बरमा सिफारिस गरेको थियो । पाँच वर्षअघिको निर्वाचनमा पनि नेपाली कांग्रेसले शेर्पाको नाम समानुपातिकको सुचीमा समावेश गरेको थियो । तर त्यतिबेला बन्द सुचीमा नाम पछि परेका कारण उनी सांसद बन्न पाएका थिएनन् ।

नेपाल विद्यार्थी संघ (नेबिसंघ)बाट राजनीतिक यात्रा थालेका शेर्पाले पार्टीको विभिन्न भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् । नेविसंघ तथा तरुण दलमा केन्द्रिय सदस्य भएर काम गरिसकेका शेर्पाले तरुण दलको केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी पनि निर्वाह गरेका थिए । शेर्पा कांग्रेसको पूर्व महासमिति सदस्य हुन् ।

तरुण दलबाटै फुटबल प्रशासनमा प्रवेश गरेका शेर्पाले आफ्नै नेतृत्वमा हिमालयन शेर्पा क्लब स्थापना गरि नेपाली फुटबल संरचनाको शीर्ष स्तरमा पुर्याएका छन् । उनको क्लब अहिले नेपाली क्लब फुटबलको सबभन्दा माथिल्लो डिभिजनमा छ ।

एन्फामा उपाध्यक्ष तथा अध्यक्ष भएर दुई दशकभन्दा लामो समय काम गरेका उनले राष्ट्रिय खेलकुद परिषदमा पनि सदस्यका रुपमा एक कार्यकाल बिताएका थिए ।

सत्ताधारी गठबन्धनकासाथ आगामी मंसिर चार गतेको आम निर्वाचनमा होमिने तयारीमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा सदस्यको समानुपातिक नामावलीमा शेर्पासँगै अर्का खेलकर्मी मोहन राई पनि समावेश छन् ।

नेपाली कराँतेको पहिलो पुश्ताका खेलाडी राई राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष हुन् । उनको नाम बन्द सुचीको ३४औं नम्बरमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।