माघ १५, २०८२ बिहीबार | १६:१७:०५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

चार गोलकिपर हुँदा पूर्व कप्तान परेनन्, नयाँ कार्यसमितिको अभियान पूरा

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टिममा पूर्व कप्तान नै नपरेपछि सामाजिक सञ्जालमा फेरि एकचोटी नेपाली फुटबलको चर्चा चुलिएको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि घोषित टिममा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालको कप्तानी सम्हालेका नवयुग श्रेष्ठलाई राखेनन् । यसमा अझ रोचक कुरा त के भने नवयुगलाई नराखेका टिममा उनले चार गोलकिपरलाई स्थान दिएका छन् ।

चार गोलकिपर किन राखेको भन्ने प्रश्नमा उनले प्रशिक्षणका दौरान हाल प्रशिक्षणमा रहेको तीनै गोलकिपर बिमारी परेको र त्यस्तै सम्भाव्य परिस्थितिलाई मध्यनजर गर्दै रिस्क लिनुभन्दा सेफ ल्याडिङ खोज्दै टिममा चार गोलकिपर राख्ने निर्णय गरेको प्रष्टीकरण दिएका थिए ।

‘प्रशिक्षणका दौरान डेंगीको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न पाएनौं । यसैकारण रिस्क लिनुभन्दा सेफ ल्यान्डिङ रोजेको हो,’ प्रशिक्षक हुमागाईंको प्रतिकृया यस्तो थियो ।

हाल प्रशिक्षणमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु छन् भने किरण चेम्जोङ भारतीय (आइ) लिग खेल्न भारतमा छन् ।

तर, पनि एक मैत्रीपूर्ण खेलका लागि चार गोलकिपर स्थान दिँदा पूर्व कप्तानलाई नै नराख्नु त्यति सान्दर्भिक देखिँदैन ।

यता, आफू टिममा नपरेपछि नवयुगले भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

‘रोगको लक्षणः– विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर रोगको नामः– चलखेल,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तिम २३ सदस्यीय टिममा स्थान बनाउन नसकेपछि नवयुग त्यसअघिको ३० जनाको टिमसम्म थिए । तर, नवयुगसँगै उपकप्तानको जिम्मेवारी पाएका पुजन उपरकोटी भने प्रशिक्षक हुमागाईंको नजरमा ३० जनासम्मको लायक पनि बनेनन् ।

पूर्व कप्तान र उपकप्तान टिममा नअटाउँदा प्रशिक्षक हुमागाईंले यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालिएका सबै खेलाडीलाई टिममा पुनः ल्याएका छन् ।

पत्रकारसम्मेलन गर्दै ती १० खेलाडीहरुले आधारभूत आवश्यकता पूरा हुनुपर्ने माग राख्दा प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको र कुनै विद्रोह नगरेको बताएका थिए ।

त्यसपछि अल्मुताइरीले उनीहरुलाई टिममा नराखी नेपाली राष्ट्रिय टिमको घोषणा गरे । टिम एसियन कप तेस्रो चरणको छनोट खेल्न कुवेत पुग्यो । त्यहाँ तीन खेल खेल्यो र फर्कियो । तर, खेलाडीलाई निकालेपछि केही आलोचित बनेका प्रशिक्षक अल्मुताइरी भने नेपाल फर्किएनन् । उनले एन्फासँग तीन महिनाको छुट्टी मागे र कुवेतमै बसे । र, पछि उतैबाट नेपाली टिमको प्रशिक्षकबाट राजीनाम दिए ।

यता, असार ६ गते एन्फाको २१औं कंग्रेशबाट पंकजविक्रम नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए । नेम्वाङको प्यानलमा अल्मुताइरीबाट निकालिएका खेलाडीहरुको पूर्ण साथ र समर्थन थियो । अर्को अर्थमा अल्मुताइरीबाट निकालिएका खेलाडीहरुलाई ससम्मान टिममा फर्काउने कुरालाई प्रमुख मुद्दा बनाएको नेम्वाङ खेमाले नेतृत्वमा आएर सोहीअनुसार निर्णय गर्यो ।

अहिले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टिममा हेर्दा नेम्बाङ खेमा विजयी हुँदाको प्रमुख मुद्दामा सफल भएको छ । तर, यसबाट केही खेलाडीको भने मन दुखेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।