चैत्र १०, २०८२ मंगलबार | १५:१२:२६
डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

चार गोलकिपर हुँदा पूर्व कप्तान परेनन्, नयाँ कार्यसमितिको अभियान पूरा

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टिममा पूर्व कप्तान नै नपरेपछि सामाजिक सञ्जालमा फेरि एकचोटी नेपाली फुटबलको चर्चा चुलिएको छ ।

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि घोषित टिममा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालको कप्तानी सम्हालेका नवयुग श्रेष्ठलाई राखेनन् । यसमा अझ रोचक कुरा त के भने नवयुगलाई नराखेका टिममा उनले चार गोलकिपरलाई स्थान दिएका छन् ।

चार गोलकिपर किन राखेको भन्ने प्रश्नमा उनले प्रशिक्षणका दौरान हाल प्रशिक्षणमा रहेको तीनै गोलकिपर बिमारी परेको र त्यस्तै सम्भाव्य परिस्थितिलाई मध्यनजर गर्दै रिस्क लिनुभन्दा सेफ ल्याडिङ खोज्दै टिममा चार गोलकिपर राख्ने निर्णय गरेको प्रष्टीकरण दिएका थिए ।

‘प्रशिक्षणका दौरान डेंगीको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न पाएनौं । यसैकारण रिस्क लिनुभन्दा सेफ ल्यान्डिङ रोजेको हो,’ प्रशिक्षक हुमागाईंको प्रतिकृया यस्तो थियो ।

हाल प्रशिक्षणमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु छन् भने किरण चेम्जोङ भारतीय (आइ) लिग खेल्न भारतमा छन् ।

तर, पनि एक मैत्रीपूर्ण खेलका लागि चार गोलकिपर स्थान दिँदा पूर्व कप्तानलाई नै नराख्नु त्यति सान्दर्भिक देखिँदैन ।

यता, आफू टिममा नपरेपछि नवयुगले भने सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

‘रोगको लक्षणः– विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर रोगको नामः– चलखेल,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तिम २३ सदस्यीय टिममा स्थान बनाउन नसकेपछि नवयुग त्यसअघिको ३० जनाको टिमसम्म थिए । तर, नवयुगसँगै उपकप्तानको जिम्मेवारी पाएका पुजन उपरकोटी भने प्रशिक्षक हुमागाईंको नजरमा ३० जनासम्मको लायक पनि बनेनन् ।

पूर्व कप्तान र उपकप्तान टिममा नअटाउँदा प्रशिक्षक हुमागाईंले यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादका कारण राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट निकालिएका सबै खेलाडीलाई टिममा पुनः ल्याएका छन् ।

पत्रकारसम्मेलन गर्दै ती १० खेलाडीहरुले आधारभूत आवश्यकता पूरा हुनुपर्ने माग राख्दा प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको र कुनै विद्रोह नगरेको बताएका थिए ।

त्यसपछि अल्मुताइरीले उनीहरुलाई टिममा नराखी नेपाली राष्ट्रिय टिमको घोषणा गरे । टिम एसियन कप तेस्रो चरणको छनोट खेल्न कुवेत पुग्यो । त्यहाँ तीन खेल खेल्यो र फर्कियो । तर, खेलाडीलाई निकालेपछि केही आलोचित बनेका प्रशिक्षक अल्मुताइरी भने नेपाल फर्किएनन् । उनले एन्फासँग तीन महिनाको छुट्टी मागे र कुवेतमै बसे । र, पछि उतैबाट नेपाली टिमको प्रशिक्षकबाट राजीनाम दिए ।

यता, असार ६ गते एन्फाको २१औं कंग्रेशबाट पंकजविक्रम नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भए । नेम्वाङको प्यानलमा अल्मुताइरीबाट निकालिएका खेलाडीहरुको पूर्ण साथ र समर्थन थियो । अर्को अर्थमा अल्मुताइरीबाट निकालिएका खेलाडीहरुलाई ससम्मान टिममा फर्काउने कुरालाई प्रमुख मुद्दा बनाएको नेम्वाङ खेमाले नेतृत्वमा आएर सोहीअनुसार निर्णय गर्यो ।

अहिले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टिममा हेर्दा नेम्बाङ खेमा विजयी हुँदाको प्रमुख मुद्दामा सफल भएको छ । तर, यसबाट केही खेलाडीको भने मन दुखेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो