चैत्र १८, २०८२ बुधबार | ०९:३५:१३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

कैलाली । धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा हुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो ।

प्रतियोगिता हुने स्थान धनगढी रंगशालामा एक कार्यक्रमबाट बीच ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । पिएफए स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने ७ प्रदेश र एक घरेलु टोली गरी ८ टिमको सहभागी हुने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा असोज ८ गते सुदूरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश १ समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम निलो रहेका छन् । 


 
प्रतियोगिताको विजेताले ५ लाख र उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार  र उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै, सहप्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ । हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो