मिलान । एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले तत्काल संन्यासको कुनै योजना नरहेको भन्दै छिट्टै चोटमुक्त हुँदै मैदान फर्कने बताएका छन् ।
अक्टोबरमा इब्राहिमोभिच ४० वर्षमा प्रवेश गर्दैछन् । उनले मे मा एसिएल सर्जरी गराएका थिए । तर उनले जुलाईमा मिलानसँगको सम्झौता एक वर्षका लागि थप गरेका थिए ।
बढ्दो उमेर र लगातारको चोटका कारण इब्राहिमोभिच मैदान नफर्कने चर्चा चलिरहँदा उनले भने मैदान फर्कने बताए ।
‘म मैदान फर्कन आतुर छु र म संन्यासको योजनामा छैन,’ उनले भने,'म हार मान्ने पक्षमा पनि छैन ।'
गत सिजन मिलानले ११ वर्षपछि सिरी ए को उपाधि जितेको थियो । यस क्रममा उनले २३ खेलमा आठ गोल गरेका थिए । २३ मध्ये उनले ११ खेलमा मात्र पहिलो रोजाईमा अवसर पाएका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
