चैत्र १०, २०८२ मंगलबार | १९:२७:०३
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

एनएसएललाई प्राइभेट लिगको मान्यता दिने तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) लाई प्राइभेट लिगको मान्यता दिने तयारी गरेको छ ।

पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएर आएपछि एन्फाले नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टसँगको तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले गरेको सम्झौता रद्द गर्दै नयाँ सम्झौता प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।

साउन २६ मा बसेको एन्फा कार्यसमितीको दोस्रो बैठकले एनएसएलसँगको नयाँ सम्झौताका लागि अध्यक्ष नेम्वाङको संयोजकत्वमा  सात सदस्यीय समिती गठन गरेको थियो । सो समितीमा नेम्वाङसहित उपाध्यक्ष दिपक खतिवडा र कुमार केसी तथा सदस्यहरु मनिराज विष्ट, टिकाराम लामा,रविन्द्र चन्द र पुरुषोत्तम थापा र महासचिव किरण राई सदस्य सचिव रहेका थिए । 

एन्फा स्रोतका अनुसार सो समितीले एनएसएल आयोजकसँगको नयाँ सम्झौताका लागि विभिन्न बुँदा तयार पारेको छ । 

‘नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले एन्फासँग १० वर्षको सम्झौता गर्न प्रस्ताव गरेको थियो’,एन्फा स्रोतले भन्यो, ‘तर हामीले हाम्रो कार्यकालको चार वर्षको लागि मात्र सम्झौता गर्ने निर्णय गरेका छौ । ’

सहिद स्मारक ‘ए’ डिभिजन लिगका केही क्लबहरुले एनएसएल आयोजनाको विरोध गर्दै आएका छन् । उनीहरुले एनएसएल र एन्फाबीच विगतमा भएको सम्झौता गलत भएको भन्दै त्यसलाई रद्द गर्न माग राख्दै आएका थिए । उनीहरुले एनएसएसका कारण आफूहरुको अस्तित्व नै संकटमा पर्ने चिन्ता व्यत्त गर्दै आएका थिए ।

‘अब एनएसएल पाइभेट लिगको रुपमा अघि बढ्नेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै एनएसएल आयोजकले प्रत्येक वर्ष हामीलाई दुई करोड बुझाउनु पर्छ ।जसअन्तर्गत सम्झौता रकमको आधा रकम प्रतियोगिता सुरु हुनु अघि नै दिइसक्नु पर्नेछ भने बाँकी रकमको बैक ग्यारेन्टि राख्नु पर्नेछ । समितीले यो प्रस्ताव एनएसएल आयोजकलाई दिनेछ । त्यसपछि एन्फा, एनएसएल आयोजक र सहिद स्मारक ’ए' डिभिजन लिगका क्लबबीचको त्रिपक्षीय छलफलपछि यसबारे अन्तिम निर्णय हुनेछ ।

एन्फाले एनएसएल आयोजनाका लागि असोज २३ देखी मंसिर २ गते सम्मको समय उपलब्ध गराएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो