माघ १७, २०८२ शनिबार | ०५:५३:०९
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एनएसएललाई प्राइभेट लिगको मान्यता दिने तयारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) लाई प्राइभेट लिगको मान्यता दिने तयारी गरेको छ ।

पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएर आएपछि एन्फाले नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टसँगको तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले गरेको सम्झौता रद्द गर्दै नयाँ सम्झौता प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।

साउन २६ मा बसेको एन्फा कार्यसमितीको दोस्रो बैठकले एनएसएलसँगको नयाँ सम्झौताका लागि अध्यक्ष नेम्वाङको संयोजकत्वमा  सात सदस्यीय समिती गठन गरेको थियो । सो समितीमा नेम्वाङसहित उपाध्यक्ष दिपक खतिवडा र कुमार केसी तथा सदस्यहरु मनिराज विष्ट, टिकाराम लामा,रविन्द्र चन्द र पुरुषोत्तम थापा र महासचिव किरण राई सदस्य सचिव रहेका थिए । 

एन्फा स्रोतका अनुसार सो समितीले एनएसएल आयोजकसँगको नयाँ सम्झौताका लागि विभिन्न बुँदा तयार पारेको छ । 

‘नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले एन्फासँग १० वर्षको सम्झौता गर्न प्रस्ताव गरेको थियो’,एन्फा स्रोतले भन्यो, ‘तर हामीले हाम्रो कार्यकालको चार वर्षको लागि मात्र सम्झौता गर्ने निर्णय गरेका छौ । ’

सहिद स्मारक ‘ए’ डिभिजन लिगका केही क्लबहरुले एनएसएल आयोजनाको विरोध गर्दै आएका छन् । उनीहरुले एनएसएल र एन्फाबीच विगतमा भएको सम्झौता गलत भएको भन्दै त्यसलाई रद्द गर्न माग राख्दै आएका थिए । उनीहरुले एनएसएसका कारण आफूहरुको अस्तित्व नै संकटमा पर्ने चिन्ता व्यत्त गर्दै आएका थिए ।

‘अब एनएसएल पाइभेट लिगको रुपमा अघि बढ्नेछ,’ स्रोतले भन्यो, ‘त्यस्तै एनएसएल आयोजकले प्रत्येक वर्ष हामीलाई दुई करोड बुझाउनु पर्छ ।जसअन्तर्गत सम्झौता रकमको आधा रकम प्रतियोगिता सुरु हुनु अघि नै दिइसक्नु पर्नेछ भने बाँकी रकमको बैक ग्यारेन्टि राख्नु पर्नेछ । समितीले यो प्रस्ताव एनएसएल आयोजकलाई दिनेछ । त्यसपछि एन्फा, एनएसएल आयोजक र सहिद स्मारक ’ए' डिभिजन लिगका क्लबबीचको त्रिपक्षीय छलफलपछि यसबारे अन्तिम निर्णय हुनेछ ।

एन्फाले एनएसएल आयोजनाका लागि असोज २३ देखी मंसिर २ गते सम्मको समय उपलब्ध गराएको थियो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।