चैत्र १०, २०८२ मंगलबार | ०३:३२:५७
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

श्रम स्वीकृति बिनै हुमागाईँले सुरु गरे प्रशिक्षण

काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले शुक्रबारदेखि औपचारिक तयारी सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २६ गते बसेको बैठकले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको विषयमा अनौठो निर्णय लियो, प्रदीप हुमागाईँ कार्यबाहक मुख्य प्रशिक्षक ।

वैशाख दोस्रो सातादेखि सुरु भएर अझै नटुङ्गिएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादसँग जोडेर हेर्दा यो एन्फाको ‘स्मार्ट मूभ’ थियो । करिब डेढ वर्षअघि कतार एफएसँगको सहकार्यमा नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका अल्मुताइरी हालसम्म विवादका पर्याय बनिसकेका छन् ।

‘खेलाडी–प्रशिक्षक विवाद’ कै कारण एसियन कप छनोटको तेस्रो चरणपछि तीन महिनाको छुट्टी स्वीकृत गराएर अल्मुताइरी अहिले कुवेतमै छन् । ‘छानविन समितिको प्रतिवदेनअनुसार प्रक्रिया अगाढि बढाउन’ एन्फाको पछिल्लो कार्यसमितिले महासचिव किरण राईलाई अधिकार दिएको छ ।

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पानिकट अल्मुताइरीले राजीनामा दियोस् भन्ने एन्फा नेतृत्वको इच्छा छ । प्रशिक्षक अल्मुताइरी भने बरु बर्खास्त हुने तर राजीनामा नदिने मनसायमा छन् ।

अल्मुताइरी बिदामा भएकै बेला नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने तय भइसकेको थियो । जसका लागि टिमको प्रशिक्षण कसले सम्हाल्छ भन्ने चासोको विषय थियो । अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आउने उत्कट इच्छा देखाइरहँदा एन्फाले कार्यकारी मुख्य प्रशिक्षक नियुक्त गरेर उनलाई संकेत दिएको प्रतीत हुन्छ । त्यसो त, एन्फाको नेतृत्व तहनै कुवेती प्रशिक्षक अल्मुताइरीलाई ‘धेरै उदण्ड मच्चाइसक्यौ, बस् अब पुग्यो, धन्यवाद’ भन्ने मनसायमा पुगिसकेको छ । त्यसमाथि अल्मुताइरीले निकालेका सिनियर खेलाडी पनि प्रायलाई कार्यबाहक प्रशिक्षक हुमागाईँले बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

खैर, अहिले नेपाली टिमको प्रमुख लक्ष्य बंगालदेशसँगको मैत्रीपूर्ण खेल जित्नु हो । जसका लागि गैरआवासीय नेपाली हुमागाईँले शुक्रबारदेखि तयारी सुरु गरिसकेका छन् । एन्फाको कार्यसमिति बैठकले नियुक्त गरेपछि बुधबार नेपाल आइपुगेका हुमागाईँले शुक्रबार उपलब्ध खेलाडी लिएर लगनखेलस्थित आर्मीको मैदानमा अभ्यास सुरु गरेका छन् ।

पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी पाएका हुमागाईँको सम्झौता भने भएको छैन । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका प्रशिक्षक हुमागाईँले श्रम स्वीकृति नलई काम सुरु गरेका छन् । विदेशी नागरिकता लिइसकेपछि नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यो सबै प्रक्रियामा रहेको एन्फाका महासचिव राईले बताए ।

‘सम्झौतामा हस्ताक्षर भइसकेको छैन, प्रक्रियामा छ,’ उनले भने, ‘श्रम स्वीकृति पनि प्रक्रियामै छ । सबै पूरा भएपछि हस्ताक्षर हुन्छ ।’

अर्को देशको नागरिकता लिइसकेपछि आम विदेशी नागरिक समान कानुन लाग्ने श्रम मन्त्रालयका प्रवक्ता तथा सह–सचिव डन्डुराज घिमिरे बताउँछन् ।

‘एनआरएनलाई पनि नेपालमा काम गर्न श्रम स्वीकृति अनिवार्य हुन्छ, विदेशी नागरिक समाननै प्रक्रिया पूरा गर्नुपर्छ,’ प्रवक्ता घिमिरेले भने, ‘तर, स्वीकृति लिने प्रक्रियामा छ, भने काम अगाडि बढाउँदै गर्न पाइन्छ । उहाँको पनि प्रक्रियामै छ जस्तो लाग्छ । तीन महिनाको भिजिट भिजा लिएर यहीँ आएर वर्क पर्मिटका लागि प्रक्रिया सुरु गर्नुभएको हुन सक्छ ।’

यसबारे कार्यबाहक प्रशिक्षक हुमागाईँ आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिन्छन् । ‘प्रक्रिया भएको छ जस्तो लाग्छ,’ प्रशिक्षक हुमागाईँले भने, ‘ललितपुर सिटी एफसीको प्रशिक्षक हुँदा एनआरएन भइसकेको थिएँ । तर, त्यो बेला के गरेको थियो, याद छैन ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो