पुस २२, २०८२ बुधबार | २०:०२:४६
क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज

श्रम स्वीकृति बिनै हुमागाईँले सुरु गरे प्रशिक्षण

काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले शुक्रबारदेखि औपचारिक तयारी सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को साउन २६ गते बसेको बैठकले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको विषयमा अनौठो निर्णय लियो, प्रदीप हुमागाईँ कार्यबाहक मुख्य प्रशिक्षक ।

वैशाख दोस्रो सातादेखि सुरु भएर अझै नटुङ्गिएको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादसँग जोडेर हेर्दा यो एन्फाको ‘स्मार्ट मूभ’ थियो । करिब डेढ वर्षअघि कतार एफएसँगको सहकार्यमा नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका अल्मुताइरी हालसम्म विवादका पर्याय बनिसकेका छन् ।

‘खेलाडी–प्रशिक्षक विवाद’ कै कारण एसियन कप छनोटको तेस्रो चरणपछि तीन महिनाको छुट्टी स्वीकृत गराएर अल्मुताइरी अहिले कुवेतमै छन् । ‘छानविन समितिको प्रतिवदेनअनुसार प्रक्रिया अगाढि बढाउन’ एन्फाको पछिल्लो कार्यसमितिले महासचिव किरण राईलाई अधिकार दिएको छ ।

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पानिकट अल्मुताइरीले राजीनामा दियोस् भन्ने एन्फा नेतृत्वको इच्छा छ । प्रशिक्षक अल्मुताइरी भने बरु बर्खास्त हुने तर राजीनामा नदिने मनसायमा छन् ।

अल्मुताइरी बिदामा भएकै बेला नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने तय भइसकेको थियो । जसका लागि टिमको प्रशिक्षण कसले सम्हाल्छ भन्ने चासोको विषय थियो । अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाल आउने उत्कट इच्छा देखाइरहँदा एन्फाले कार्यकारी मुख्य प्रशिक्षक नियुक्त गरेर उनलाई संकेत दिएको प्रतीत हुन्छ । त्यसो त, एन्फाको नेतृत्व तहनै कुवेती प्रशिक्षक अल्मुताइरीलाई ‘धेरै उदण्ड मच्चाइसक्यौ, बस् अब पुग्यो, धन्यवाद’ भन्ने मनसायमा पुगिसकेको छ । त्यसमाथि अल्मुताइरीले निकालेका सिनियर खेलाडी पनि प्रायलाई कार्यबाहक प्रशिक्षक हुमागाईँले बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

खैर, अहिले नेपाली टिमको प्रमुख लक्ष्य बंगालदेशसँगको मैत्रीपूर्ण खेल जित्नु हो । जसका लागि गैरआवासीय नेपाली हुमागाईँले शुक्रबारदेखि तयारी सुरु गरिसकेका छन् । एन्फाको कार्यसमिति बैठकले नियुक्त गरेपछि बुधबार नेपाल आइपुगेका हुमागाईँले शुक्रबार उपलब्ध खेलाडी लिएर लगनखेलस्थित आर्मीको मैदानमा अभ्यास सुरु गरेका छन् ।

पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी पाएका हुमागाईँको सम्झौता भने भएको छैन । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका प्रशिक्षक हुमागाईँले श्रम स्वीकृति नलई काम सुरु गरेका छन् । विदेशी नागरिकता लिइसकेपछि नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यो सबै प्रक्रियामा रहेको एन्फाका महासचिव राईले बताए ।

‘सम्झौतामा हस्ताक्षर भइसकेको छैन, प्रक्रियामा छ,’ उनले भने, ‘श्रम स्वीकृति पनि प्रक्रियामै छ । सबै पूरा भएपछि हस्ताक्षर हुन्छ ।’

अर्को देशको नागरिकता लिइसकेपछि आम विदेशी नागरिक समान कानुन लाग्ने श्रम मन्त्रालयका प्रवक्ता तथा सह–सचिव डन्डुराज घिमिरे बताउँछन् ।

‘एनआरएनलाई पनि नेपालमा काम गर्न श्रम स्वीकृति अनिवार्य हुन्छ, विदेशी नागरिक समाननै प्रक्रिया पूरा गर्नुपर्छ,’ प्रवक्ता घिमिरेले भने, ‘तर, स्वीकृति लिने प्रक्रियामा छ, भने काम अगाडि बढाउँदै गर्न पाइन्छ । उहाँको पनि प्रक्रियामै छ जस्तो लाग्छ । तीन महिनाको भिजिट भिजा लिएर यहीँ आएर वर्क पर्मिटका लागि प्रक्रिया सुरु गर्नुभएको हुन सक्छ ।’

यसबारे कार्यबाहक प्रशिक्षक हुमागाईँ आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिन्छन् । ‘प्रक्रिया भएको छ जस्तो लाग्छ,’ प्रशिक्षक हुमागाईँले भने, ‘ललितपुर सिटी एफसीको प्रशिक्षक हुँदा एनआरएन भइसकेको थिएँ । तर, त्यो बेला के गरेको थियो, याद छैन ।’


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA