इङ्लिस प्रिमियर लिग

म्यानचेस्टर युनाइटेड अब के ‘जोक’ हो ?

लन्डन । गत साता म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित रह्यो र यो नयाँ व्यवस्थापक एरिक टेन हागका लागि चेतावनीका रूपमा आएको थियो ।

 अब यही म्यानचेस्टर फेरि ब्रेन्टफोर्डसँग हारेको छ । क्लबका लागि यो लज्जास्पद पराजय रह्यो र यसले दिन खोजेको सन्देश हो, म्यानचेस्टर साह्रो कमजोर टिम बनेको छ । बेलायती मिडियाले इंग्लिस प्रिमियर लिगमा बेहोरेको यो हारपछि

म्यानचेस्टरलाई तथानाम गाली गर्न थालेका छन् भन्ने सुरु गरेका छन्, के म्यानचेस्टर ‘जोक’ हो ?

नयाँ सिजनको घरको पहिलो खेलमै म्यानचेस्टरले चार गोल खाएको हो र यससँगै दुई खेलबाट विना कुनै अंक टिम लिग तालिकाको पुछारमा रह्यो, भलै लिग भर्खर सुरु भएको छ । यी दुई खेलको नतिजाले म्यानचेस्टर टिममाथि अनेक प्रश्न उठेको छ र तय छ, यसका उत्तर उत्तिकै कठिन छन् ।

 बीबीसीको फुटबल विशेषज्ञ क्रिस सटनले म्यानचेस्टर अहिलेसम्मकै सबैभन्दा खराव भनेका छन् भने स्काइ स्पोर्टसका करेन कारनेयीले टिमको प्रदर्शन यति भन्दा खराव हुन नसक्ने बताएका छन् ।

इंग्ल्यान्डका पूर्व कप्तान एलान सिएरर पनि के कम ? उनले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेड अहिले पूर्णतः अन्यौलको स्थितिमा छ । यो स्थिति त्यसै आएको होइन्, यसमा केही वर्षयताको असफलता र लगातारको खराव व्यवस्थापन लुकेको छ । टिममा नेतृत्व भन्ने नै छैन् र क्लबले पछिल्ला केही सिजन एकपछि अर्को खराव अनुबन्ध गरेका छन् । यो स्थितिबाट मुक्त हुन सजिलो पनि हुने छैन् । यसका लागि धेरै भन्दा धेरै समय चाहिन सक्छ ।’


सिएररका अनुसार स्थिति सुधार्न समय मात्र होइन्, खर्च पनि उत्तिकै लाग्नेछ । उनले क्लबका समर्थकलाई के पनि भनेका छन् भने उनीहरूसामु रहेको एउटै विकल्प भनेको संयमित रहनु हो, किनभने अहिलेको टिम उत्कृष्ट हुनबाट हजारौं माइल टाढा छ । ब्रेन्टफोर्डविरुद्ध पहिलो हाफमा म्यानचेस्टरको प्रदर्शन वास्तवमै निकै खराव थियो, सायद ब्राइटनविरुद्धको खेल भन्दा पनि अझ तुच्छ । यस जितमा जेस डासिल्भा, म्याथिस जेन्सन, मेन मी र ब्रायन एमबेमोले एक एक गोल गरेका थिए ।  

म्यानचेस्टर लिगमा घर बाहिर पराजित भएको यो लगातार सातौं खेल हो र यो सन् १९३६ यताकै खराव प्रदर्शन हो । स्काइ स्पोर्टसमा कमेन्ट्री गरिरहेका पूर्व कप्तान नेभिलले थपेका छन्, ‘हामीले त म्यानचेस्टरको विनास देखिरहेका छौं । मलाई लागेको थियो, ब्रेन्टफोर्डविरुद्ध केही राम्रो खेल्नेछ, तर त्यस्तो केही पनि भएन् । टिमको प्रदर्शन निकै खराव रह्यो । यो प्रदर्शनले दिएको निराशा लुकाउने ठाउँ पनि त कतै छैन् । मैले म्यानचेस्टर पछ्याएको ४२ वर्ष भयो, यस्तो स्थिति पनि आउने छ भनेर कल्पना पनि गरेको थिइनं ।’
–एजेन्सीहरूको सहयोगमा ।