चैत्र ८, २०८२ आइतबार | ०९:३३:२०
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

एन्फा कार्यसमिति बैठक सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुरु भएको छ । यसअघि साउन ५ गते एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको बैठक २० दिनपछि आज सुरु भएको हो ।

असार ६ गते सम्पन्न चुनावी साधारण सभाले पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चुनेपछिको यो दोस्रो बैठक हो । यसअघि एजेन्डा बिना नै बसेको पहिलो बैठकले गरेका केही निर्णय विवादित बनेका थिए । पहिलो बैठकबाट अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त भएका जर्मन नागरिक नवीन पाँडे बर्खास्तीको विषय आजको बैठकमा प्रमुख विषय रहने छ ।

यसअघि साउन दुई गते अचानक अध्यक्ष बिरामी परेपछि बैठक स्थगित भएको थियो । त्यसको दुई दिनपछि पुनः साउन ५ गते बोलाइएको बैठक एजेन्डामा प्रवेश नै नगरी अध्यक्ष नेम्वाङले स्थगित भएको घोषणा गरेका थिए ।

एउटै प्यानलबाट प्रतिस्पर्धा गरेर चुनाव जिते पनि नेतृत्वमा पुगेपछि भागबण्डामा कुरा नमिल्दा नेम्वाङ समूह आन्तरिक विवादमा फसेको थियो । पूर्व सहमतिअनुसार महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा पाँडेलाई नियुक्त गरिसकेपछि नेम्वाङले धोका दिएको भन्दै उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका वीरबहादुर खड्का, उपाध्यक्ष भएका विराटजंग शाही र दीपक खतिवडालगायत १० जनाले विरोध जनाएका थिए ।

पूर्व अध्यक्ष गणेश थापा निकट मानिने खड्का नेतृत्वमा १० जनाले चुनावअघिको सहमतिअनुसार सहमहासचिवमा गौरव थापा तथा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्नुपर्ने अडान राखेका थिए । नेम्वाङले त्यसलाई नमानेपछि १९ सदस्यीय एन्फा कार्यसमितिका १२ जनाले नेम्वाङका खास मानिसको रुपमा चिनिने पाँडेलाई बर्खास्त गर्नुपर्ने माग राखेका थिए ।

दोस्रो पटक बैठक एजेन्डामै प्रवेश नगरी स्थगित हुनुको प्रमुख कारण पाँडे नियुक्तीको विषय नै थियो । र, आज पनि यो विषयले बैठकको माहोल तातिने निश्चित छ । १२ जनाले त्यही दिन पाँडेको नियुक्ती विधानविपरित भएको भन्दै बर्खास्गतीको माग राख्दै औपचारिक पत्र बुझाएका थिए । जसमा एन्फा कार्यसमितिका अर्का एक सदस्य रमेश व्यन्जनकार पनि थपिएका छन् ।

खड्का पक्षका पदाधिकारी तथा सदस्यहरु आजको बैठकबाट पाँडे अन्तर्राष्ट्रिय विभागको प्रमुखबाट बर्खास्त हुनेमा विश्वस्त छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो