माघ १६, २०८२ शुक्रबार | १०:२८:४७
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

एन्फा कार्यसमिति बैठक सुरु

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुरु भएको छ । यसअघि साउन ५ गते एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको बैठक २० दिनपछि आज सुरु भएको हो ।

असार ६ गते सम्पन्न चुनावी साधारण सभाले पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति चुनेपछिको यो दोस्रो बैठक हो । यसअघि एजेन्डा बिना नै बसेको पहिलो बैठकले गरेका केही निर्णय विवादित बनेका थिए । पहिलो बैठकबाट अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त भएका जर्मन नागरिक नवीन पाँडे बर्खास्तीको विषय आजको बैठकमा प्रमुख विषय रहने छ ।

यसअघि साउन दुई गते अचानक अध्यक्ष बिरामी परेपछि बैठक स्थगित भएको थियो । त्यसको दुई दिनपछि पुनः साउन ५ गते बोलाइएको बैठक एजेन्डामा प्रवेश नै नगरी अध्यक्ष नेम्वाङले स्थगित भएको घोषणा गरेका थिए ।

एउटै प्यानलबाट प्रतिस्पर्धा गरेर चुनाव जिते पनि नेतृत्वमा पुगेपछि भागबण्डामा कुरा नमिल्दा नेम्वाङ समूह आन्तरिक विवादमा फसेको थियो । पूर्व सहमतिअनुसार महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा पाँडेलाई नियुक्त गरिसकेपछि नेम्वाङले धोका दिएको भन्दै उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव जितेका वीरबहादुर खड्का, उपाध्यक्ष भएका विराटजंग शाही र दीपक खतिवडालगायत १० जनाले विरोध जनाएका थिए ।

पूर्व अध्यक्ष गणेश थापा निकट मानिने खड्का नेतृत्वमा १० जनाले चुनावअघिको सहमतिअनुसार सहमहासचिवमा गौरव थापा तथा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्नुपर्ने अडान राखेका थिए । नेम्वाङले त्यसलाई नमानेपछि १९ सदस्यीय एन्फा कार्यसमितिका १२ जनाले नेम्वाङका खास मानिसको रुपमा चिनिने पाँडेलाई बर्खास्त गर्नुपर्ने माग राखेका थिए ।

दोस्रो पटक बैठक एजेन्डामै प्रवेश नगरी स्थगित हुनुको प्रमुख कारण पाँडे नियुक्तीको विषय नै थियो । र, आज पनि यो विषयले बैठकको माहोल तातिने निश्चित छ । १२ जनाले त्यही दिन पाँडेको नियुक्ती विधानविपरित भएको भन्दै बर्खास्गतीको माग राख्दै औपचारिक पत्र बुझाएका थिए । जसमा एन्फा कार्यसमितिका अर्का एक सदस्य रमेश व्यन्जनकार पनि थपिएका छन् ।

खड्का पक्षका पदाधिकारी तथा सदस्यहरु आजको बैठकबाट पाँडे अन्तर्राष्ट्रिय विभागको प्रमुखबाट बर्खास्त हुनेमा विश्वस्त छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।