लन्डन । लिभरपुलले यसै सिजन प्रिमियर लिगमा फर्किएको फुल्हमविरुद्ध बराबरीसँगै नयाँ सिजनको सुरुआत गरेको छ । शनिबार फुल्हमसँग लिभरपुल २–२ को बराबरीमा रोकियो ।
एन्फिल्डमा भएको खेलको ३२औं मिनेटमा अलेक्सान्ड्रर मिट्रोभिचले गोल गर्दै पाहुना टिम फुल्हमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका डार्विन नुनेजले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काएका थिए । तर, ७२औं मिनेटमा मिट्रोभिचले नै पेनाल्टीमार्फत गोल गर्दै फुल्हमलाई पुनः अग्रता दिलाएका थिए ।
यद्यपि, खेल सकिन १० मिनेट बाँकी रहँदा मोहम्मद सालाहले नुनेजको पासलाई सदुपयोग गरेपछि घरेलु टिमको सम्भावित हार टरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
