वैशाख ३०, २०८२ मंगलबार | १३:५३:५१
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

फुटबलः ‘मैदानमा सुन्दर, फेसबुकमा रमाइलो, राजनीतिमा कुरुप’

काठमाडौं । ‘फुटबल मैदानभित्र मात्र सुन्दर देखिने रहेछ । मैदान बाहिरको राजनीति त संशारकै सबभन्दा कुरुप हुँदो रहेछ,’ फुटबल समर्थकहरुको संगठन हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङसँग गफिइरहँदा केही समयअघि उनको मुखबाट अचानक निस्किएको थियो ।

फुटबलप्रति बलियो लगाब भएका गुरुङले गत महिना सम्पन्न अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनमार्फत नेपाली फुटबलको सर्वोच्च निकायमा पुग्ने प्रयास गरेका थिए । बाजागाजासहित सातदोबाटो पुगेर एन्फा केन्द्रिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका गुरुङ चुनावका लागि प्यानलसहित उत्रिएका तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र हालका अध्यक्ष पंकजविक्रम नेम्वाङ दुवैको समूहमा परेनन् । स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जित्न गरेका केही दिनको कसरतले पार नलगाउने देखेपछि गुरुङले हात उठाए ।

नेपाली फुटबल राजनीति उत्कर्षमा पुगेका बेला आफै पनि त्यसैको हिस्सा बनेका गुरुङ उम्मेदवारी फिर्ता लिनुपर्दाको पीडामा थिए होलान, सायद । त्यही पीडाको भावना उनीबाट अनौपचारिक कुराकानीमा निस्किएको हुन सक्छ ।

उनले अहिले फुटबलको सुन्दर पक्षमा मैदानभित्रको प्रतिस्पर्धासँगै अर्को एउटा कुरा पनि थपेका छन् । तर नेपाली फुटबलको हकमा मात्र । अचेल उनी भन्न थालेका छन्, ‘फुटबल मैदानमा सुन्दर र फेसबुकमा रमाइलो हुँदो रहेछ ।’

चुनाव जितेर नेपाली फुटबलको सत्तामा पुग्नेहरुको हालत हार्नेहरुको भन्दा टिठलाग्दो देखिन्छ । जितको खुसीमा बधाई र शुभकामना आदान प्रदान गर्नुपर्ने बेला फेसबुकका भित्तामा कुण्ठा र आक्रोष पोख्न पदाधिकारीहरुलाई भ्याईनभ्याई छ ।

गुरुङ आफै फेसबुकमा सक्रिय छन् । आफूलाई लागेका कुरा भविश्यमा आउन सक्ने परिणामबारे कुनै हेक्का नराखी फ्याट्टै लेखिहाल्छन् । फुटबलका सबैजसो पदाधिकारी, खेलाडी, प्रशिक्षक र अन्य सरोकारवालाहरुसँग उनी फेसबुकमा जोडिएका छन् । मनमा लागेको कुरा धेरै सोचविचार नगरी लेख्ने बानीका कारण केहीले भने उनलाई ब्लक पनि गरेका छन् । त्यसबाट पनि मनोरञ्जन नै मिलेको उनी बताउँछन् ।

‘म भविश्यमा के होला भनेर धेरै नसोचीकन फेसबुकमा आफूलाई लागेका कुरा लेख्छु र अरुका स्ट्याटसमा कमेन्ट पनि गर्छु । एकहिसावले भन्ने हो भने फेसबुकमा मेरो भिड्ने बानी छ । कसैकसैलाई त्यस्तो बानी मन पर्दैन । त्यस्तो अलोकतान्त्रिक चरित्र भएकाले मलाई ब्लक गर्छन । मलाई ब्लक गरेर ठिक पारेँ भन्ठानेर उ मख्ख पर्छ । म चाँही उसले हार मानेर बहसबाट भागेपछि झन रमाइलो मान्छु,’ गुरुङले आफूलाई ब्लक गर्नेहरुमाथि व्यंग गरे ।

हुन पनि नेपाली फुटबल प्रशासनको हालत अहिले त्यस्तै भएको छ । जिल्लादेखि, क्लब र केन्द्रसम्मका फुटबल पदाधिकारीहरु फेसबुकको भित्तामा एक–अर्काप्रति आक्रोष र व्यंग गरिरहेका भेटिन्छन् । चुनाव जितेर नेपाली फुटबलको सत्तामा पुग्नेहरुको हालत हार्नेहरुको भन्दा टिठलाग्दो देखिन्छ । जितको खुसीमा बधाई र शुभकामना आदान प्रदान गर्नुपर्ने बेला फेसबुकका भित्तामा कुण्ठा र आक्रोष पोख्न पदाधिकारीहरुलाई भ्याईनभ्याई छ ।

एन्फाका पूर्व अध्यक्ष गणेश थापा, निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, कार्यसमितिका पूर्व सदस्य मदुसुदन उपाध्याय, वर्तमान सदस्य अनिल मल्ल, उपाध्यक्ष दावा लामा, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूख नवीन पाँडे र उपेन्द्रमान सिंहहरु मात्र होइन । रत्नकुमार श्रेष्ठ देखि रुपेश अधिकारी, मणि चेम्जोङ, राजेन्द्र तामाङ र वशन्त अर्यालहरु, अनि नेपाली फुटबलसँग सम्बन्धित अधिकांश सरोकारवालाहरुका आक्रोष फेसबुकमा पोखिइरहेका छन् ।

त्यसोत रमाइलो मानिरहेको बताउँने गुरुङ पनि कम छैनन् । छुच्चा स्ट्याटस र कमेन्ट त नेपाली फुटबलमा उनको अर्को परिचय जस्तै भइसक्यो । त्यसमा पनि उनीसँग तर्क छ । भन्छन्, ‘मलाई फुटबलबाट लिनु केही छैन । भन्न त फुटबलबाट सबथोक लिइरहेको झुण्डले पनि त्यही भन्छ । तर मलाई साच्चै केही लिनु छैन । फुटबल भनेको मेरा लागि हातमुख जोड्ने माध्यम होइन । फुटबल त मेरा लागि मनोरञ्जन, स्वास्थ्य, राष्ट्रियताको भावना, राष्ट्रिय गौरवको विषय र लगाब हो । त्यसैले केही गलत भयो भने म सहन सक्दिन । लेखिहाल्छु । तर हिजो चुनावअघि केक्केन गरौला भनेर सात बित्ता उफ्रिनेहरुले नै अहिले एकअर्कोलाई सत्तोसराप गरिरहेको देख्दा टिठ लाग्छ । चुनाव अघि गर्छु भनेका कुरा जति नगर्ने र गर्नै हुन्न भनेका काममात्र गर्ने चरित्र पनि उनीहरुले नै छताछुल्ल पारिरहेका छन् ।’

यहाँ उल्लेख गरिएका गुरुङ एउटा प्रतिनिधिपात्र मात्र हुन् । नेपाली फुटबललाई माया गर्ने जोकोहीलाई अहिले पदाधिकारीहरुको भित्तो कोराकोर मन परेको छैन । वास्तवमा नेपाली फुटबलका लागि अहिले एन्फाले तत्काल गर्नुपर्ने कामको सुची लामै छ । तर एन्फा कार्यसमिति भने बैठक पनि बस्न नसक्ने अवस्थामा पुगेको छ । सबैलाई पद नभई नहुने रोगले हदैसम्म ग्रसित बनाएको छ । लिग, एनएसएल, बीचमै रोकिएको महिला लिग, राष्ट्रिय लिग, अन्तर्राष्ट्रिय खेलहरु, राष्ट्रिय टोलीको विवाद मिलाउने जस्ता विषय एन्फा कार्यसमितिको प्राथमिकता सुचीमा छैन । नेपाली फुटबलको सर्वोच्च निकाय त भागबण्डा मिलाउने खेलमै मस्त छ । अनि गुरुङहरु छुच्चो नबनेर के गरुन त ?
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP