मड्रिड । वेल्सका कप्तान गारेथ बेल एमएलएसको क्लब लस एन्जल्स एफसी जान सहमत भएका छन् ।
गत सिजनको अन्त्यसँगै रियाल मड्रिड र बेलबीचको सम्झौता अन्त्य भएको थियो । बेलले नौ सिजन सान्टियागो बर्नाबेउमा बिताएका थिए । रियाल छोडेपछि उनी क्लबविहिन रहेका थिए ।
रियालबाट बाहिरिएपछि बेल पूर्व क्लब टोटनहम फर्कने चर्चा चलेको थियो । साथै बेलको अनुबन्धनका लागि कार्डिफले पनि इच्छा देखाउँदै आएको छ ।
बेलले शनिबार ‘सि यु सुन लस एन्जल्स’ भन्दै ट्विट गरेका थिए ।
बेल सन् २०१३ मा कीर्तिमानी ८५ मिलयन युरोमा रियालमा अनुबन्धन भएका थिए । लस एन्जल्सले यसै महिना इटालीका पूर्वकप्तान जर्जियो किलिनीलाई पनि भित्राएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
