चैत्र १८, २०८२ बुधबार | १०:०७:२२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

व्यवसायिक खेलजीवनलाई निरन्तरता दिने योजनामा फाब्रिगास

पेरिस । फ्रेन्च लिग वानको क्लब मोनाकोबाट बाहिरिए पनि सेस फाब्रिगासले तत्काल आफ्नो संन्यासको योजना नभएको प्रतिक्रिया दिएका छन् । 

फाब्रिगासले यस सिजन लिग वानमा मात्र दुई खेल खेल्ने अवसर पाए । कुर्कुच्चाको चोट र ह्यामस्ट्रिङको समस्याका कारण उनी अधिकांश समय मैदान बाहिर बस्न बाध्य भएका थिए ।

फाब्रिगासको अनुपस्थितीमा मोनाकोले तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । यस सिजन पिएसजी लिग विजेता बन्दा मार्सेली दोस्रो स्थानमा रहेको थियो । यस क्रममा मोनाकाले पिएसजी र मार्सेलीलाई लिगको भेटमा पराजित गरेको थियो । 

मोनाकोले लिगको अन्तिम १२ खेलमा एक खेल मात्र हारेको थियो ।

उनले व्यवसायिक खेलजीवनपछि प्रशिक्षण यात्राको थालनी गर्ने योजना गरे पनि त्यसअघि सम्मानित तरिकाबाट सक्रिय खेलाडीजीवनबाट बिदाईको आशा गरेको बताए । 

‘म अझै केही वर्ष व्यवसायिक खेल यात्राको निरन्तरता चाहन्छु ’, उनले भने, ‘मेरा लागि वर्ष २०२२ सुखद भएन । मोनाको र मेरो सम्झौता अन्त्य भए पनि मैले अब कुन क्लबमा जाने बारे निर्णय गरिसकेको छैन । तर मलाई भित्राउन अझै केही क्लब इच्छुक देखिएका छन् ।’

फाब्रिगास सन् २०१९ जनवरीमा मोनाको भित्रिएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो