वैशाख २८, २०८२ आइतबार | १३:५१:४७
अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

एन्फा निर्वाचनः अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आज सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई  मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पारे । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित भए ।

चार वर्ष अघि अध्यक्षका रुपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उनकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालिन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै थिए । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।

नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरुले शेर्पामाथि आर्थिक अनियमिता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिएका थिए ।

शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रिय सदस्यहरुको असहयोग तथा कोभिड १९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरुपको काम गर्न नसकेको बताएका थिए । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उनको भनाई थियो ।

२०७२ सालमा तत्कालिन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लागेका थिए ।

नेपाली फुटबलको उर्भर भूमिका रुपमा परिचित झापाको धुलाबारीका स्थायी वासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्थे । तर खेलाडीका रुपमा अघि बढ्न नसक्ने देखेपछि विस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिरेका उनी २०५९ सालमा एन्फाको केन्द्रिय सदस्य भएका थिए । त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उनी वरिष्ठ उपाध्यक्षमा चयन गरिएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP