एएफसी एसियन कप

भारत लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट

नयाँ दिल्ली । भारतीय राष्ट्रिय फुटबल टिमले लगातार दोस्रो पटक एएफसी एसियन कप खेल्ने भएको छ ।

एसियन कप तेस्राे चरणको छनोटअन्तर्गत मंगलबार समूह ‘डी’ मा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले पराजित गरेसँगै भारतले एक खेल अगावै एसियन कप २०२३ मा आफ्नो स्थान पक्का गरेको हो ।

अब मंगलबार हुने हङकङसँगको खेलको नतिजाले भारतलाई फरक नपर्ने भएको छ ।

भारतले समग्रमा पाँचौं पटक एसियन कपमा स्थान बनाएको हो । भारत सन् १९६४ मा पहिलो पटक यस प्रतियोगितामा सहभागी भएको थियो । त्यसपछि सन् १९८४, २०११, २०१९ मा भारतले एसियन कप खेलेको थियो ।

भारतले यसअघि छनोटको तेस्रो चरणम कम्बोडियालाई २–० ले र अफगानिस्तानलाई २–१ ले हराएको थियो ।