पुस ३, २०८२ शुक्रबार | १३:३६:५३
राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना रियाल बेटिस विजयी एसि मिलानलाई हराउँदै नापोली फाइनलमा गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी

एन्फा निर्वाचन उम्मेदवार परिचय: वरिष्ठ उपाध्यक्षमा पराजुलीको उम्मेदवारी, अलपत्र योजना पूरा गर्ने एजेन्डा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अहिलेजस्तो लामो र चौडा थिएन । कोटेश्वर चोकबाटै सिधै छाप्रो (जडिबुटीबाट पेप्सीकोला जाने बाटोको बीचमा पर्ने चोक) जाने बाटो खुल्ला थियो । गाई चरिरहेका हुन्थे, दिनभर मोटरसाइकल र मोटर सिक्ने सिकारुको भिड लाग्थ्यो । अनि साँझ बिहान चाँही ससाना वालकदेखि किशोर हुँदै युवाहरुको पाँचर्सात वटा समूह सधै फुटबलमा रमाइरहेको हुन्थ्यो ।

कोटेश्वरको फुटबल संस्कार यस्तै थियो । २०५० को दशकको पूर्वार्द्धसम्म पनि कोटेश्वरमा कुनै यस्तो मानिस थिएन, जसले फुटबल नखेलिकन युवाअवस्था कटाएको होस । धावनमार्ग लम्ब्याउनका लागि विमानस्थललाई वरिपरीबाटै तारबार गरेपछिमात्र हो, कोटेश्वरको फुटबल सुस्ताउन थालेको ।

‘हाम्रो बेलाको कुरै अर्कै थियो । काठमाडौंमा खुल्ला मैदान जत्ती पनि थियो । हाम्रो कोटेश्वरमा त एयरपोर्ट विस्तार गर्नुअघि २० वटा मैदान बनाए पनि पुग्ने ठाउँ थियो । हामी त्यहीँ फुटबल खेलेर हुर्किएका हौं । त्यतिबेला कोटेश्वरमा फुटबल भनेको जीवनशैली थियो,’ पराजुली सम्झिन्छन् ।

शिक्षित पराजुलीको त घर नै कोटेश्वर चोकमा । बस्ती अहिलेजस्तो बाक्लो थिएन । उनको घरको झ्यालबाटै बाटो पारी चउरमा आफ्नो उमेरअनुसारका साथीहरु खेल्न जम्मा भएको देखिन्थ्यो । स्कुलबाट फर्केपछि उनले खाजा खान नभ्याउँदै साथीहरु जम्मा भइसक्थे । त्यसपछि त शिक्षित घरमा कसरी टिकुन ? दौडिहाल्थे, मैदानतिर । कुनै दिन मैदान पुग्न शिक्षितले अली ढिलो गरिहाले भने साथीहरु घरमै आइपुग्थे ।

‘हाम्रो बेलाको कुरै अर्कै थियो । काठमाडौंमा खुल्ला मैदान जत्ती पनि थियो । हाम्रो कोटेश्वरमा त एयरपोर्ट विस्तार गर्नुअघि २० वटा मैदान बनाए पनि पुग्ने ठाउँ थियो । हामी त्यहीँ फुटबल खेलेर हुर्किएका हौं । त्यतिबेला कोटेश्वरमा फुटबल भनेको जीवनशैली थियो,’ पराजुली सम्झिन्छन् ।

खेलाडीका रुपमा पराजुलीसँग गाउँ (अहिलेको कोटेश्वर)मा खेलेकोभन्दा माथिल्लो अनुभव छैन । कोटेश्वरमा उनीभन्दा राम्रो हथ्यौडी भएका फुटबलर धेरै थिए । त्यसैले उनको खेलाडी यात्राले धेरै उचाई लिएन । तर व्यवस्थापकको भूमिकामा उनले ठूलो छलाङ मारिसकेका छन् ।

कोटेश्वरे फुटबलको पहिचान बन्न सफल सरस्वती क्लबका अध्यक्ष हुन उनी । साथमा नेपाली फुटबलकै सर्वोच्च निकाय एन्फामा मानार्थ उपाध्यक्षका रुपमा उनले रवाफ जमाउन थालेको चार वर्ष भइसक्यो ।

पराजुली आफूलाई एक अब्बल व्यवस्थापक र नेतृत्वकर्ताको रुपमा चिनाउन रुचाउँछन् । एक हदसम्म उनले आफूलाई प्रमाणित पनि गरिसकेका छन् । तर उनको वास्तविक परिक्षा असार ६ को चुनावमा हुनेछ । जहाँ विभिन्न स्तरका क्लब, जिल्ला र विभिन्न संघ गरी ८५ सदस्य संस्थाका प्रतिनिधिले मतदान गर्नेछन् ।

पदाधिकारीका रुपमा उनको उडानले यसपाली वरिष्ठ उपाध्यक्षको दाबी गरेको छ । असार ६ गते हुने एन्फा कार्यसमितिको निर्वाचनका लागि उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनको प्रतिस्पर्धा वर्तमान उपाध्यक्ष एवं एन्फा राजनीतिका पुराना खेलाडी वीरबहादुर खड्कासँग हुनेछ ।

पराजुली आफूलाई एक अब्बल व्यवस्थापक र नेतृत्वकर्ताको रुपमा चिनाउन रुचाउँछन् । एक हदसम्म उनले आफूलाई प्रमाणित पनि गरिसकेका छन् । तर उनको वास्तविक परिक्षा असार ६ को चुनावमा हुनेछ । जहाँ विभिन्न स्तरका क्लब, जिल्ला र विभिन्न संघ गरी ८५ सदस्य संस्थाका प्रतिनिधिले मतदान गर्नेछन् ।

कोटेश्वरको चउरबाट सुरु भएको यात्रा नेपाली फुटबलकै सर्वोच्च निकायमा दोेस्रो वरियताको पद दाबी गर्ने अवस्थासम्म कसरी आइपुग्यो त ? पराजुलीको यात्राको सारथी हो, सरस्वती क्लब । सामाजिक कामसँगै फुटबल खेल्ने भनेर २०३४ सालामा कोटेश्वरे युवाहरुले सरस्वती क्लबको स्थापना गरेका थिए ।

उद्देश्यमा सामाजिक सेवा गाँसे पनि संस्थापकहरुको मुख्य चासो फुटबलमा थियो । त्यही भएर क्लबले सहिद स्मारक लिगको तत्कालिन संरचनाअनुसार ‘डी’ डिभिजन छनोटबाट यात्रा सुरु गर्यो । त्यो यात्राले लामो समय लगाएर ‘सी’ र ‘बी’  हुँदै ‘ए’ डिभिजनसम्मको यात्रा तय गरिसकेको छ । तथापि दुई वर्षअघिको लिगमा टोलीले शीर्ष डिभिजनको हैसियत जोगाउन सकेन । सरस्वती क्लब अहिले दोस्रो डिभिजनमा बसेर पुन ‘ए’ डिभिजनमा फर्किने प्रयासमा छ ।

‘क्लबलाई आर्थिक स्रोत जुटाउन गाह्रो हुन्थ्यो । आफै अध्यक्ष भएपछि मलाई शीर्ष डिभिजनको क्लब कुन अवस्थाबाट गुज्रिइरहेका छन् भन्ने राम्रो ज्ञान भयो । लिगको तयारी गर्न भनेर ‘ए’ डिभिजनको क्लबलाई १० लाख दिइन्थ्यो । तर त्यो लिग सकिएको महिनौंसम्म पनि पाइदैनथ्यो । लिग सकिएको महिनौंपछि मात्र तयारी खर्चवापतको आधामात्र रकम पाएकोमा गुनासो गर्दा तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको हप्की खानुपर्थ्यो,’

सरस्वती क्लबको लामो यात्रामा पराजुली सधै कुनै न कुनै भुमिकामा सक्रिय रहिरहे । क्लबका सुरुआति दिनदेखि नै उनको भूमिका खेलाडीभन्दा पनि व्यवस्थापकका रुपमा बढि थियो । सामाजिक काममा बढ्ता रुची भएकाले होला पराजुली व्यवस्थापकको भूमिकामा जमेको ।

आर्थिक रुपमा आफै सुद्धृढ भएकाले होला, क्लबको आर्थिक स्रोत जुटाउने कामको नेतृत्व सुरुआति दिनदेखि नै धेरैजसो पराजुलीले गर्नुपर्यो । साथीभाई र व्यापारीहरुले पत्याउने कारण उनलाई क्लबका लागि आर्थिक व्यवस्थापन गर्न गाह्रो परेन । कहिलेकाँही स्रोत नजुटे उनी आफै लगानी गर्न पनि हिच्किचाउँदैनथे । यही कारण हो, क्लबको संयोजक, व्यवस्थापक र उपाध्यक्ष हुँदै २०६८ सालमा उनी अध्यक्षमै चुनिएको ।

‘क्लबलाई आर्थिक स्रोत जुटाउन गाह्रो हुन्थ्यो । आफै अध्यक्ष भएपछि मलाई शीर्ष डिभिजनको क्लब कुन अवस्थाबाट गुज्रिइरहेका छन् भन्ने राम्रो ज्ञान भयो । लिगको तयारी गर्न भनेर ‘ए’ डिभिजनको क्लबलाई १० लाख दिइन्थ्यो । तर त्यो लिग सकिएको महिनौंसम्म पनि पाइदैनथ्यो । लिग सकिएको महिनौंपछि मात्र तयारी खर्चवापतको आधामात्र रकम पाएकोमा गुनासो गर्दा तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको हप्की खानुपर्थ्यो,’ पराजुली सम्झन्छन्, ‘त्यसपछि मलाई नेपाली फुटबललाई मेरुदण्डले शरिर बोकेझै बोकेका क्लबहरुमाथिको थिचोमिचोबारे जानकारी भयो ।’

नेपाली फुटबलको ‘दुरुह’ अवस्था सुधार्नका लागि आफूलाई एन्फामा सकारात्मक हस्तक्षेप जरुरी छ भन्ने लागेको उनी बताउँछन् । कोटेश्वरका पराजुलीका लागि सातदोबाटोको एन्फा त्यसअघिसम्म खासै नजिक थिएन । तर क्लबको नेतृत्वमा आएपछि आउजाउ बाक्लिएको थियो ।  

‘त्यसमाथि क्लबमाथि भएको अन्याय भोगेपछि नेपाली फुटबल विकासका लागि नेतृत्वमै परिवर्तन हुनुपर्छ भन्ने सोचेर परिवर्तनको पक्षमा आन्दोलित भयौं,’ एन्फाका वर्तमान अध्यक्ष शेर्पाको नेतृत्वमा पूर्व अध्यक्ष थापाविरुद्ध आन्दोलन गरेको स्मरणमा पराजुलीले भने, ‘हाम्रो आन्दोलनकै कारण एन्फामा चुनावबाट नेतृत्व चयन हुने परम्परा सुरु भएको हो । पहिला त सबै सर्वसम्मतिमा हुन्थ्यो ।’

चार वर्षअघिको चुनावमा शेर्पा पक्षले क्लिन स्विप गरे पनि पराजुली भने प्रतिस्पर्धामा थिएनन् । आन्दोलनका कठिन समयमा साथ दिएका पराजुलीलाई शेर्पा नेतृत्वको टोलीले तत्काल मानार्थ उपाध्यक्षमा मनोनित गर्यो । तर पराजुलीले कार्यकारी उपाध्यक्ष जसरी नै एन्फा नेतृत्वमा रहेर काम गरे ।

२०७२ सालमा एन्फाका तत्कालिन अध्यक्ष थापा फिफाको १० वर्षको प्रतिबन्धमा परे । उनको अनुपस्थितीमा एन्फाको नेतृत्व हाँकिरहेका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भयो । त्यसपछि नेतृत्वका लागि नरेन्द्र श्रेष्ठ र शेर्पाबीच चुनाव भयो । चुनावमा श्रेष्ठले बाजी मारे ।

‘हामीले एउटा प्रजातान्त्रिक अभ्यासको थालनी गर्यौ । नरेन्द्र दाइ एन्फा अध्यक्षमा निर्वाचित हुनु भयो । हाम्रो टोलीका केही साथीहरु पनि नरेन्द्र दाइ नेतृत्वको कार्यसमितिमा हुनुहुन्थ्यो । हामी चेन्ज एन्फाको एजेण्डासहित टोली निर्माणमा लाग्यौ । अन्ततः हामी २०७४ को निर्वाचनबाट नेतृत्वमा आयौं,’ उनले भने ।

चार वर्षअघिको चुनावमा शेर्पा पक्षले क्लिन स्विप गरे पनि पराजुली भने प्रतिस्पर्धामा थिएनन् । आन्दोलनका कठिन समयमा साथ दिएका पराजुलीलाई शेर्पा नेतृत्वको टोलीले तत्काल मानार्थ उपाध्यक्षमा मनोनित गर्यो । तर पराजुलीले कार्यकारी उपाध्यक्ष जसरी नै एन्फा नेतृत्वमा रहेर काम गरे ।

चार वर्षअघि परिवर्तनको नारासहित नेतृत्वमा आएको टोलीबीच चाँढै फुट आएको कुराले पराजुलीलाई निराश बनाएको छ । आफ्नै साथीहरुमा छिटो नतिजा खोज्ने बानी र पदको लोभका कारण फुट आएको उनको बुझाई छ ।

‘हामीले नेपाली फुटबलको विकासका लागि जुन परिवर्तनको नारासहित आएका थियौ । आफ्नै टोलीका साथीहरुको पदको लोभ गर्ने बानीका कारण अलपत्र प¥यौ । हामीले धेरै कुराहरु गर्न सक्थ्यौ । तर, कोभिड १९ महामारी र कार्यसमितकिा साथीहरुको असहयोगका कारण योजना अनुरुप काम गर्न सकेनौं । यो नेपाली फुटबलकै लागि दूर्भाग्य हो,’ उनले थपे ।  

पराजुलीको विचारमा कुनै पनि व्यक्तिको कार्यक्षमता मापन गर्नका लागि कम्तिमा दुई कार्यकालको समय दिनुपर्छ । त्यही भएर यसपाली निर्वाचनमा शेर्पा पक्षको जित नेपाली फुटबल विकासका निम्ति आवस्यक भएको उनको ठम्याई छ । त्यही अभियानलाई साथ दिनका लागि आफूले शेर्पा पक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको पराजुलीले बताए ।

‘हामी अबको कार्यकालमा विगतमा अलपत्र परेका योजनाहरु पूरा गर्न चाहन्छौं । टिम वर्कका साथ अघि बढ्ने हो भने हामीले नेपाली फुटबलको विकासमा धेरै काम गर्न सक्छौं । हामी कसैमाथि पनि विभेद गर्दैनौ, हामी सधै एकताको पक्षधर हौं । साथीहरुको गलत बुझाईका कारण एन्फा भन्ने संस्थाप्रति नै जनमानसमा नकारात्मक प्रभाव परेको छ । हामी नेतृत्वमा आएपछि संस्थाको धमिलिएको साखलाई माथि उठाउने छौं,’ आफू र प्यानलको योजना पराजुलीले यसरी सुनाए । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team