चैत्र ६, २०८२ शुक्रबार | १५:०६:३१
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

फिफाको नियम मिचेर खेल भइरहँदा दशरथ रंगशालामाथि ‘ड्रोन’

खेल सकिने बित्तिकै मैदानबाट खेलाडीहरू निस्किँदै गर्दा ड्रोन ।

काठमाडौं । शनिबार भएको नेपाल र मोरिससबीचको खेलको प्रत्यक्ष प्रशारणका दौरान फिफाको नियम विपरित ड्रोन उडाइएको पाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको खेलमा नेपालले अफ्रिकी मुलुक मोरिससलाई १–० को नतिजामा पराजित गरेको थियो ।

उक्त खेलको प्रत्यक्ष प्रशारणका दौरान ब्रोडकास्टरले म्याच कमिसनरको अनुमति विपरित ड्रोन उडाएको खुलेको हो । फिफा डिसिप्लिनरी कोडको १६औं आर्टिकलअनुसार खेल भइरहेको समयमा ड्रोन उडाउन प्रतिबन्धित छ ।

यद्यपि, ब्रोडकास्टरले नेपाल र मोरिससबीचको खेलका म्याच कमिसनर तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले रोक्दा पनि अटेर गरेर उडाउको पाइएको छ ।

यसबारे म्याच कमिसनर सिंहले आफूले सुरुमा नपाइने भएकाले रोकेको तर पछि अटेर गरेर फेरि उडाएको खेलाडीसँग बताए । यद्यपि, फेरि ड्रोन उडिसकेपछि खेल रोक्ने कुनै जमर्को म्याच कमिसनरले गरेको देखिएन । एसियन कप छनोट र विश्व कप छनोटलाई ध्यानमा राखेर वरियता सुधार्ने लक्ष्यले नेपालले मोरिससलाई दुई मैत्रीपूर्ण खेलका लागि आतिथ्यता दिएको हो ।

जसअन्तर्गत नेपालले शनिबार भएको पहिलो खेलमा विमल घर्तीमगरको निर्णायक गोल मद्दतमा १–० को जित निकालेको थियो । दुवै मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारणको अधिकार कान्तिपुर टेलिभिजनले लिएको छ ।

‘मैले पाइँदैन भनेर हिजो नै सुरुमा रोकेको हो, एकछिन रोकेको पनि थियो,’ उनले खेलाडीसँग भने, ‘तर, पछि फेरि उडायो । फिफाको नियममा पनि त्यो पाइँदैन मैले भनेको पनि हो... यस बारेमा कुरा हुन्छ ।’

एन्फाका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका एएफसीका पूर्व म्याच कमिसनर महेश विष्टले पनि स्पाइडर क्यामेराको मात्रै प्रयोग हुने गरेको बताए ।

‘अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगितामा पनि स्पाइडर क्यामराको प्रयोग भएको देखिन्छ,’ विष्टले खेलाडीसँग भने, ‘ड्रोनको प्रयोग भएको मैले देखेको पनि छैन । र मलाई जहाँसम्म लाग्छ पाइँदैन नै होला, तर म यसमा स्पष्ट छैन...’

हालै मात्र विश्व फुटबलमा पनि फुटबल खेलका दौरान ड्रोन उडाएको विषयलाई लिएर कारबाही भएको छ । यसको पछिल्लो उदाहरण २०२१ नोभेम्बर ११ मा भएको इक्वेडर र भेनेजुएलाबीचको खेल हो ।

जहाँ इक्वेडर फुटबल संघले आयोजना गरेको खेल भएकाले उसलाई १५ हजार स्वीस फ्रान्क जरिवाना गरेको थियो । इक्वेडर फुटबल संघलाई त्यहाँको सरकारी निकायले पनि चेतावनी दिएर अर्को पटक दोहोर्याए सुट गरेर झारिदिने चेतावनी पनि दिएको थियो ।

विश्व कप छनोटअन्तर्गत रोडरिगो पाज डेलगाडो रंगशालामा भएको खेलका दौरान ड्रोन उडाइएको थियो । अघिल्लो साता जनवरी २२ मा इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्रेन्टफोर्ड र वुल्भ्सबीचको खेल पनि १५ मिनेट ड्रोनकै कारण स्थगित भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो