माघ १४, २०८२ बुधबार | १८:१२:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

फिफाको नियम मिचेर खेल भइरहँदा दशरथ रंगशालामाथि ‘ड्रोन’

खेल सकिने बित्तिकै मैदानबाट खेलाडीहरू निस्किँदै गर्दा ड्रोन ।

काठमाडौं । शनिबार भएको नेपाल र मोरिससबीचको खेलको प्रत्यक्ष प्रशारणका दौरान फिफाको नियम विपरित ड्रोन उडाइएको पाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको खेलमा नेपालले अफ्रिकी मुलुक मोरिससलाई १–० को नतिजामा पराजित गरेको थियो ।

उक्त खेलको प्रत्यक्ष प्रशारणका दौरान ब्रोडकास्टरले म्याच कमिसनरको अनुमति विपरित ड्रोन उडाएको खुलेको हो । फिफा डिसिप्लिनरी कोडको १६औं आर्टिकलअनुसार खेल भइरहेको समयमा ड्रोन उडाउन प्रतिबन्धित छ ।

यद्यपि, ब्रोडकास्टरले नेपाल र मोरिससबीचको खेलका म्याच कमिसनर तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले रोक्दा पनि अटेर गरेर उडाउको पाइएको छ ।

यसबारे म्याच कमिसनर सिंहले आफूले सुरुमा नपाइने भएकाले रोकेको तर पछि अटेर गरेर फेरि उडाएको खेलाडीसँग बताए । यद्यपि, फेरि ड्रोन उडिसकेपछि खेल रोक्ने कुनै जमर्को म्याच कमिसनरले गरेको देखिएन । एसियन कप छनोट र विश्व कप छनोटलाई ध्यानमा राखेर वरियता सुधार्ने लक्ष्यले नेपालले मोरिससलाई दुई मैत्रीपूर्ण खेलका लागि आतिथ्यता दिएको हो ।

जसअन्तर्गत नेपालले शनिबार भएको पहिलो खेलमा विमल घर्तीमगरको निर्णायक गोल मद्दतमा १–० को जित निकालेको थियो । दुवै मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारणको अधिकार कान्तिपुर टेलिभिजनले लिएको छ ।

‘मैले पाइँदैन भनेर हिजो नै सुरुमा रोकेको हो, एकछिन रोकेको पनि थियो,’ उनले खेलाडीसँग भने, ‘तर, पछि फेरि उडायो । फिफाको नियममा पनि त्यो पाइँदैन मैले भनेको पनि हो... यस बारेमा कुरा हुन्छ ।’

एन्फाका पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेका एएफसीका पूर्व म्याच कमिसनर महेश विष्टले पनि स्पाइडर क्यामेराको मात्रै प्रयोग हुने गरेको बताए ।

‘अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगितामा पनि स्पाइडर क्यामराको प्रयोग भएको देखिन्छ,’ विष्टले खेलाडीसँग भने, ‘ड्रोनको प्रयोग भएको मैले देखेको पनि छैन । र मलाई जहाँसम्म लाग्छ पाइँदैन नै होला, तर म यसमा स्पष्ट छैन...’

हालै मात्र विश्व फुटबलमा पनि फुटबल खेलका दौरान ड्रोन उडाएको विषयलाई लिएर कारबाही भएको छ । यसको पछिल्लो उदाहरण २०२१ नोभेम्बर ११ मा भएको इक्वेडर र भेनेजुएलाबीचको खेल हो ।

जहाँ इक्वेडर फुटबल संघले आयोजना गरेको खेल भएकाले उसलाई १५ हजार स्वीस फ्रान्क जरिवाना गरेको थियो । इक्वेडर फुटबल संघलाई त्यहाँको सरकारी निकायले पनि चेतावनी दिएर अर्को पटक दोहोर्याए सुट गरेर झारिदिने चेतावनी पनि दिएको थियो ।

विश्व कप छनोटअन्तर्गत रोडरिगो पाज डेलगाडो रंगशालामा भएको खेलका दौरान ड्रोन उडाइएको थियो । अघिल्लो साता जनवरी २२ मा इङ्लिस प्रिमियर लिगअन्तर्गत ब्रेन्टफोर्ड र वुल्भ्सबीचको खेल पनि १५ मिनेट ड्रोनकै कारण स्थगित भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।