चैत्र १८, २०८२ बुधबार | १०:१५:४८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

आर्मीको सहज जित

काठमाडौं । फ्रेन्ड्स क्लबलाई ३-१ ले पराजित गर्दै आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा जगजित श्रेष्ठले गरेको गोलबाट आर्मीले अग्रता बनायो ।

१० औं मिनेटमा जगजित श्रेष्ठले पेनाल्टी एरियाको बायाँतर्फबाट गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले जज गर्न नसक्दा आर्मीले अग्रता बनाएको थियो ।

४५औं मिनेटमा दिनेस हेम्जनले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । दिनेसले दायाँतर्फबाट जर्जप्रिन्सले उपलब्ध गराएको बलमा ‘वान टच’ गोल गरे ।

दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सका जोमौल एन्थोनीले गोल गरे । जोमौलले १८ यार्ड बक्सको बायाँबाट प्रिजेन तामाङले उपलब्ध गराएको क्रसलाई पोस्टको दिशा दिएका हुन् ।

तर, ७०औं मिनेटमा जगजितले प्रहार गरेको कर्नरमा सुमन अर्यालले हेडमार्फत गोल गरेपछि आर्मीले ३-१ को जित निश्चित गर्यो ।

जितसँगै नौ खेलबाट १७ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

लिगमा नौ खेलबाट तीन अंक जोडेको फ्रेन्ड्स भने तालिकाको पुछारमा छ ।

२५औं मिनेटमा जर्जप्रिन्स कार्कीले १८ यार्ड बक्स बाहिरबाट गरेको  प्रहारलाई फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले सहजै जोगाए ।

२६औं मिनेटमा बक्सभित्र प्रिजेन तामाङले ढिलो गर्र्दा फ्रेन्ड्सले बराबरीको सुनौलो मौका खेर फाल्यो ।

३०औं मिनेटमा फ्रेन्ड्सका जोमौल एन्टोनीले बक्सबाहिरबाट गरेको सशक्त प्रहार बार नजिकैबाट बाहिरियो ।

३४औं मिनेटमा स्यामबाबु क्याप्छाकीको क्रसमा रोनेल एन्टोनी पल ले ६ यार्डबक्सबाट गरेको हेडर आर्मीका गोलकिपर विकेस कुथुले क्लियर गरे । सोही रिबाउन्डमा जोमौल एन्थोनीले गरेको प्रहार पुनः विकेसले विफल पारे ।

३८औं मिनेटमा दिनेस हेम्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार डिफ्लेक्ट हुदै बाहिरियो ।

शनिबारै हुने दोस्रो खेलमा थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो