पेरिस । खेफ्रेन थुराम उलियनले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा शुक्रबार नाइसले नान्तेसलाई २-१ ले पराजित गरेको छ ।
घरेलु मैदान एलियन्ज रिभेरामा २१औं मिनेटमा कास्पेर डोलबर्गले पेनाल्टीमार्फत गोल गर्दै नाइसलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्तिम मिनेटमा आन्द्रेइ जिराटोले गरेको गोलमा नान्तेस खेलमा फर्किएको थियो ।
५६औं मिनेटमा उलियनले एमिने गोऔरीको पासमा निर्णायक गोल गरेपछि नाइसले २-१ को जित निश्चित गर्यो ।
जितपछि तालिकाको दोस्रो स्थानमा रहेको नाइसले २१ खेलबाट ३९ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको पिएसजीले २० खेलबाट ४७ अंक जोडेको छ ।
त्यस्तै नवौं स्थानमा रहेको नान्तेसले भने समान खेलबाट २९ अंक जोडेको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
