चैत्र १४, २०८२ शनिबार | १३:०२:२५
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

डर्टमन्डको फराकिलो जित

म्युनिख । जर्मन बुन्डेसलिगामा शुक्रबार बोरुसिया डर्टमन्डले एससी फ्रेइबग्र्रमाथि ५-१ को फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्ड र थोमस मुनिरले दुई/दुई गोल गर्दा अर्को एक गोल महमुद ब्रान्ड्टको नाममा रह्यो ।

फ्रेइबर्गका अर्मेडिन डेमिरोमिचले एक गोल फर्काएका थिए ।

१४औं मिनेटमा मुनिरले डर्टमन्डलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा मुनिरले नै अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा हालान्डले गोल गरेपछि डर्टमन्डले ३-० को अग्रता बनायो । ६१औं मिनेटमा डेमिरोमिचले गरेको गोलबाट फ्रेइबर्ग खेलमा फर्किन खोजे पनि ७५औं मिनेटमा हालान्डले डर्टमन्डको अग्रतालाई अझ बढाए ।

त्यस्तै खेल सकिन चार मिनेट बाँकी रहँदा ब्रान्ड्टले गोल गरेसँगै डर्टमन्डले सहज जित निश्चित गर्यो ।

१९ खेलबाट ४० अंक जोडेको डर्टमन्ड तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै समान खेलबाट ३० अंक जोडेको फ्रेइबर्ग तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले भने १८ खेलबाट ४३ अंक जोडेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो