माघ १७, २०८२ शनिबार | १५:५७:०१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मनाङ सातदोबाटोसँग स्तब्ध

काठमाडौं । सातदोबाटो युथ क्लबसँग  २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्र्याङदीले सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

मनाङ ९ खेलमा १९ अंकसहित तालिकको दोस्रो स्थानमा छ,जुन शीर्ष स्थानको मछिन्द्र भन्दा १ अंक कम हो ।

सातदोबाटोले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । 

११औ मिनेटमा मार्टिन एडेल्फे सिलोले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो । 

३८औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्स अजयीले हेडरमार्फत सातदोबाटोको अग्रता दोब्बर पारेका थियो ।

५६औं मिनेटमा आफिज ओलाओलेले गोल गर्र्दै मनाङलाई खेलमा फर्काउने संकेत गरेका थिए । सातदोबाटोका रक्षकले क्लियर गर्न नसकेको बललाई ओलाओलेले पोस्टको दिशा दिएका थिए ।

६९औं मिनेटमा दिपकराज सिंह ठकुरीको प्रहार मनाङका गोलकिपर विशाल सुनारले विफल पार्दा सातदोबाटोले अग्रता बढाउने अवसर खेर फालेको थियो ।

७३औं मिनेटमा निशार लिम्बुको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिँदा मनाङले खेलमा फर्कने अवसर गुमायो ।

इन्जुरी समयमा कप्तान अञ्जनको प्रहार सातदोबाटोका अभिषेकले विफल पारे ।

जारी लिगमा उनको यो छैटौ गोल हो र उनी सर्वाधिक गोलकर्ताको सुचीको अग्रस्थानमा छन् । सातदोबाटोका अजयी र मछिन्द्रका सुनिल बलको समान समान ५ गोल रहेको छ ।

लिगमा उत्कृष्ट सुरुआताका बाबजुद पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो अन्तत जितको लयमा फर्किएको हो । यसअघि सातदोबाटोले दोस्रो चरणमा थ्री स्टार क्लबलाई स्तब्ध पारेको थियो ।

सातदोबाटो ९ खेलमा १२ अंकसहित छै्रटौं स्थानमा उक्लिएको छ ।

शुक्रबार सम्पन्न पहिलो खेलमा एपिएफले हिमालयन शेर्पालाई १-० ले हराएको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।