काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लिभरपुल टर्कीको क्लबसँग पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा टर्कीको क्लब गालातासारेले इङ्ग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गरेको हो । खेलको सातौँ मिनेटमै मारियो लेमिनाले हेडमार्फत गोल गर्दै गालातासारेलाई जित दिलाए ।
दुईबीचको दोस्रो लेगको खेल मार्च १८ मा लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । त्यस्तै आजै भएको अर्को खेलमा स्पेनीस क्लब बार्सिलोना न्युक्यासलसँग १-१ को बराबरीमा रोकिएको छ ।
इङ्ग्लिस क्लब न्युक्यासलका लागि खेलको ८६औँ मिनेटमा हार्भी बार्न्सले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयमा बार्सिलोनाका लामिन यामलले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा टुंगाए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
